साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चुनावको बानी

Nepal Telecom ad

चुनाव आउँछ जान्छ 
तर कहिल्यै पनि
ती ससाना झुपडीमा पुग्दैन 
ती ससाना खेतबारीमा पुग्दैन{{read_more}}
चुनाव आउँछ जान्छ
तर कहिल्यै पनि
ती ठेला उठेका हातहरूलाई चुम्दैन
ती तल बसेका जातहरूलाई छुँदैन
चुनाव आउँछ जान्छ
तर कहिल्यै पनि
ती चाउरी परेका आमाबालाई भेट्दैन
ती बाँसुरी बनेका भोकालाई समेट्दैन
चुनाव आउँछ जान्छ 
तर कहिल्यै पनि
ती बेसहाराका आँगनमा उभिँदैन
ती भाग्यमाराका आँगमा भरिँदैन
त्यो आउँछ केही सस्ता सगुनहरू बोकेर 
त्यो जान्छ केही निस्ता आँसुहरू दिएर
न आउँदाको हर्ष टिक्छ दुईचार दिनको रमिताले
न जाँदाको दर्द लुक्छ वर्षौँको दुर्दिनको बक्यौताले
त्यो उज्यालो बोकेर दिनमा आउँछ 
तर जहिल्यै पनि
अँध्यारो छोडेर पीडाको रातमा फर्कन्छ
त्यो उज्यालो यसरी नै रातारात 
अँध्यारोमा रूपान्तर भइरहन्छ
त्यही अभिशापको छाप आफैँमाथि हानेर 
निरन्तर त्यसको खेला हेरिरहेछ 
यो जहिल्यै बाँझो मात्र पल्टिरहने 
पराधीन मान्छेको पराजित छापको बस्तीले
युगौँयुगदेखिको त्यो बानी 
छट्टुहरूका लागि उर्वर ऐलानी 
बनिदिन्छ भाग्यमानी
पट्टुहरूका लागि बर्बर कालापानी
बनिदिन्छ बेचैनी र हैरानी !!

२०७४/८/२१
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
‘सगरमाथा एक पहाडको नाम होइन’ भित्रको हास्यव्यङ्ग्य (२)

‘सगरमाथा एक पहाडको नाम...

डा. भरतकुमार भट्टराई
‘सगरमाथा एक पहाडको नाम होइन’ भित्रको हास्यव्यङ्ग्य (१)

‘सगरमाथा एक पहाडको नाम...

डा. भरतकुमार भट्टराई
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
अर्यालकाे ‘जय भोलि !’ निबन्धमा व्यङ्ग्य

अर्यालकाे ‘जय भोलि !’...

डा. भरतकुमार भट्टराई
के गर्नु तिम्रो आस ?

के गर्नु तिम्रो आस...

डा. भरतकुमार भट्टराई
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x