दुई ठोकान
१.
तातो हावा मुलुकमा सधैँभरि चलिरह्यो ।
सपनाले विपनालाई सधैँभरि छलिरह्यो ।।
व्यक्तिहरू माथि उठे महलहरू माथि उठे
कठैबरा देश भने विरामी भई ढलिरह्यो ।।{{readmore}}
२.
देश नाङ्गै पार्नेलाई यो चुनावले किच्नु पर्छ ।
विदेशीका भरियालाई विचारले थिच्नुपर्छ ।।
व्यक्तिहरू हारुन् जितून् यी हुन् अब गौण कुरा ।
तपाइँ हाम्रो मतले अब यो देशले जित्नु पर्छ ।।
काठमाडौं