गाेपेन्द्रप्रसाद रिजालम हान्दछु
बालुवा चाल्नीमा चाल्दै, खप्की खाएर साहुको स्वास्नीको दुधको मुण्टा, नेत्र पर्दैछ राहुको संसारको सबैभन्दा, निकृष्ट तिमी ठान्दछु अब उठी नआउ है, फित्कौलीले म हान्दछु ।

गोपेन्द्रप्रसाद रिजाल :
१.
सहकारी, महकारी, सहचारी सबै मिले
थोपा थोपा श्रमिकको, पसिना जुस झैँ निले
हरामी काम देखेर, बिरामी तिमी ठान्दछु
कुहिएको गिदी ताकी, फित्कौलीले म हान्दछु ।
२.
मौरी होइन कामदार, तिमीलाई मह दिने
कसोरी खान सक्छौ हँ ? नुनिलो पसिना तिमी
साग व्यापारीको चोरी, ठडियो घर ठान्दछु
कवाडी नेत्र ताकेर, फित्कौलीले म हान्दछु ।
३.
तालु हात तताएर, आमा घोगा भुटी दिने
खायौ लुट्यौ रमाएर, छि छि बुद्धि कता हिने
खोया सुँघेको पैसाले, गाडी जोड्यौ म ठान्दछु
कुत्ते नाकतिरै ताकी, फित्कौलीले म हान्दछु ।
४.
ठेलामा कट्टु बेचेर, बालबच्चा रुवाउँदै
पाँचको नोट खिचेर, स्वप्ना साँची खुवाउँदै
जम्मा पारेर राखेको, लुट्यौ चोर म ठान्दछु
डाकाको औँला ताकेर, फित्कौलीले म हान्दछु ।
५.
बालुवा चाल्नीमा चाल्दै, खप्की खाएर साहुको
स्वास्नीको दुधको मुण्टा, नेत्र पर्दैछ राहुको
संसारको सबैभन्दा, निकृष्ट तिमी ठान्दछु
अब उठी नआउ है, फित्कौलीले म हान्दछु ।
जदौ
०००
काठमाडौं








































sundar byangya kabita