साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म हान्दछु

बालुवा चाल्नीमा चाल्दै, खप्की खाएर साहुको स्वास्नीको दुधको मुण्टा, नेत्र पर्दैछ राहुको संसारको सबैभन्दा, निकृष्ट तिमी ठान्दछु अब उठी नआउ है, फित्कौलीले म हान्दछु ।

Nepal Telecom ad

गोपेन्द्रप्रसाद रिजाल :

१.
सहकारी, महकारी, सहचारी सबै मिले
थोपा थोपा श्रमिकको, पसिना जुस झैँ निले
हरामी काम देखेर, बिरामी तिमी ठान्दछु
कुहिएको गिदी ताकी, फित्कौलीले म हान्दछु ।

२.
मौरी होइन कामदार, तिमीलाई मह दिने
कसोरी खान सक्छौ हँ ? नुनिलो पसिना तिमी
साग व्यापारीको चोरी, ठडियो घर ठान्दछु
कवाडी नेत्र ताकेर, फित्कौलीले म हान्दछु ।

३.
तालु हात तताएर, आमा घोगा भुटी दिने
खायौ लुट्यौ रमाएर, छि छि बुद्धि कता हिने
खोया सुँघेको पैसाले, गाडी जोड्यौ म ठान्दछु
कुत्ते नाकतिरै ताकी, फित्कौलीले म हान्दछु ।

४.
ठेलामा कट्टु बेचेर, बालबच्चा रुवाउँदै
पाँचको नोट खिचेर, स्वप्ना साँची खुवाउँदै
जम्मा पारेर राखेको, लुट्यौ चोर म ठान्दछु
डाकाको औँला ताकेर, फित्कौलीले म हान्दछु ।

५.
बालुवा चाल्नीमा चाल्दै, खप्की खाएर साहुको
स्वास्नीको दुधको मुण्टा, नेत्र पर्दैछ राहुको
संसारको सबैभन्दा, निकृष्ट तिमी ठान्दछु
अब उठी नआउ है, फित्कौलीले म हान्दछु ।
जदौ

०००
काठमाडौं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
narayan bhattarai
narayan bhattarai
1 year ago

sundar byangya kabita

Nepal Telecom ad
कालो कोट

कालो कोट

गाेपेन्द्रप्रसाद रिजाल
चटनी

चटनी

गाेपेन्द्रप्रसाद रिजाल
स्वार्थ

स्वार्थ

गाेपेन्द्रप्रसाद रिजाल
फुलमन्त्रीले रक्सी छाड्यो रे…

फुलमन्त्रीले रक्सी छाड्यो रे…

गाेपेन्द्रप्रसाद रिजाल
पुरोहित बाको टुपी

पुरोहित बाको टुपी

गाेपेन्द्रप्रसाद रिजाल
खुकुरीः अहिंसा र टोपी

खुकुरीः अहिंसा र टोपी

गाेपेन्द्रप्रसाद रिजाल
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
1
0
Would love your thoughts, please comment.x
()
x