साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चटनी

पोथीको खोर साहुको । कुबेरमान साहु मन्त्री । छोराछोरी विदेशको जेलमा । पोथी पाल्ने मान्छे छैन । अहिले त्यही पोथी बेचेर जोइपोइ दमको दबाइ तान्दैछौँ स्वार... स्वार...।

Nepal Telecom ad

गाेपेन्द्रप्रसाद रिजाल :

पोथी पाल्नुस् कम्रेड पोथी ! मलको भारी घोप्ट्याउँदै मैले सोधेँ- किन र कमरेड ? कमरेडको सरल उत्तर थियो- लेवी तिर्न । पोथीले त नि बतासे भए पनि अण्डा पार्छ ओथारो नदिनु । महिनामा तीस वटामा दशवटा बेचेर लेवी तिर्नु, बाँकी बिसले घरखर्च चलाउनु । खेतबारीको काममा भर अभर हामी सघाउँछौँ ।

पछि हाम्रो सरकार बनेपछि त के को चिन्ता ? तपाईं हामी सबै देशका सम्पत्ती । दुइटा बच्चा जन्माउनु पर्छ सबै खर्च सरकारले ब्यहोर्छ । मलाइ कुरा धेरै मन पर्यो । सोधेँ- त्यो कुबेरमान धनी हामी गरिब किन ? यस्को उत्तर पनि सहजै दिनु भयो- कमाउँदै गरोस् न त्यो पनि पछि हाम्रै हो । राष्ट्रियकरण गर्यो, सकिएन त कुरा ! मैले होमा टाउको हल्लाएँ ।

सिद्धान्तको कुरा बुझाउनुस् काम्रेड गाउँका गरिब दुखीलाइ । भुटेका मकै र खयरका चोइटा उमालेको पानी पिउँदै कम्रेड्ले सुझाउनु भयो । मैले पनि यस्तो राम्रो कुरा जस्ले नि मानी हाल्छ नि काम्रेड भने । उहाँले थप्नु भयो- हामी भूमिगत हो काम्रेड, पुलिसले सुइँको पायो भने जाक्छ खोरमा । गोप्य तरिकाले चल्नु पर्छ । मैले हुन्छ भने।

दुई चार वटा रुसी किताब थमाउँदै ल अब अर्को भेटमा भन्दै हत्केलाको हाड दोब्रिने गरि हात मिलाएर कमरेड कता जानू भो पत्तै पाइनँ ।

अर्को पटक आउँदा ल सामन्तवादको अन्त्य गरेरै छाड्यौँ अब हाम्रो पालो आयो भन्नु भयो । बाख्राको दुधे पाठो झैँ एक्लै उफ्रिएकाे पत्तै पाइनँ खुसीले ।

अहिले सत्ता, भत्ता, लत्ता सबै आयो । सिकाउने कम्रेडका महल बने । जिउमा मलको गन्धको ठाउँ अत्तरले लिएछ ।

फेरि चुनाव आयो, काला गाडीहरुले गाउँ नै धुलिमण्डल बनाउँदै कम्रेड वर्लनु भो गाडीबाट । भन्नू भयो – “पोथी पाल्नुस् कम्रेड पोथी, बतासे भए पनि अण्डा पार्छ, लेवी तिर्नु पर्दैन सबै घरखर्चमा चलाउनु । भोट त बिर्सनु भएको छैन नि ?

कम्रेड गएपछि यसो संझेँ- खेतबारी मिटरब्याजीको, पोथीको खोर साहुको । कुबेरमान साहु मन्त्री । छोराछोरी विदेशको जेलमा । पोथी पाल्ने मान्छे छैन । अहिले त्यही पोथी बेचेर जोइपोइ दमको दबाइ तान्दैछौँ स्वार… स्वार…।
जदौ !!!

०००
मैतीदेवी, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कालो कोट

कालो कोट

गाेपेन्द्रप्रसाद रिजाल
स्वार्थ

स्वार्थ

गाेपेन्द्रप्रसाद रिजाल
फुलमन्त्रीले रक्सी छाड्यो रे…

फुलमन्त्रीले रक्सी छाड्यो रे…

गाेपेन्द्रप्रसाद रिजाल
पुरोहित बाको टुपी

पुरोहित बाको टुपी

गाेपेन्द्रप्रसाद रिजाल
खुकुरीः अहिंसा र टोपी

खुकुरीः अहिंसा र टोपी

गाेपेन्द्रप्रसाद रिजाल
म हान्दछु

म हान्दछु

गाेपेन्द्रप्रसाद रिजाल
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x