साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपाल पैलो भयो !

कालो कर्म भने पुरस्कृत हुने दण्डित सेतो हुने ! आँसू बग्नु बगी सुके गहहरू रोऊँ कसोरी रुने ! पोखी पीर व्यथा समुज्ज्वल छटा हिमाल कैलो भयो ! थापी अञ्जुलिमा बटुल्न पछुतो नेपाल पैलो भयो !

Nepal Telecom ad

बूँद राना :

सच्चा मानिस चैं झुठा हुन गए बाङ्गा भए सज्जन ।
अप्ठ्यारो अति भो खुटाउन अहो को मित्र को दुश्मन ?
शिष्टाचार विचार चिन्तन सबै व्यापार थैलो भयो !
यस्तो कर्म हुँदा हुँदा किन नहोस् नेपाल पैलो भयो !

गेडा अन्न नभै कठै उदरमा भोकै लडेका कति !
बाँडी स्वप्न नयाँ दुहेर जनता प्राडो चढेका कति !
आस्था कञ्चन जो थियो मनुजको बित्रेर मैलो भयो !
गर्दा तल्तिरबाट अङ्क गणना नेपाल पैलो भयो !

पैसा पावरमा बिके अनि कुनै हुस्की र चुस्की महाँ !
धोखा व्यापक भै चुनाव भनिने त्यो स्वच्छ हुन्थ्यो कहाँ ?
शीर्षस्थान थियो अहो सदन जो त्यै भाँडभैलो भयो !
छाडातन्त्र चलाउने चलनमा नेपाल पैलो भयो !

लुच्चा चोर पसे पसीकन बसे ढुक्कै फटाहाहरू !
डुक्रिन्छन् घरमा खुला चउरका छाडा बसाहाहरू !
पाले नै जब भेदिया बनिगयो लाचार दैलो भयो !
आफ्नै बास उठाउने मुलुकमा नेपाल पैलो भयो !

बम्गोला खुकुरी अझै पनि उही बन्दूक भाला छुरा !
वाक्कै छन् जनता सँधैभरि सुनी मार्ने र मर्ने कुरा !
हीरा तुल्य थियो सफा हृदय जो खग्रास मैलो भयो !
मुर्दा चाङ लगाउने मुलुकमा नेपाल पैलो भयो !

कालो कर्म भने पुरस्कृत हुने दण्डित सेतो हुने !
आँसू बग्नु बगी सुके गहहरू रोऊँ कसोरी रुने !
पोखी पीर व्यथा समुज्ज्वल छटा हिमाल कैलो भयो !
थापी अञ्जुलिमा बटुल्न पछुतो नेपाल पैलो भयो !

खुल्ला फाँट तराइका हिमचुली पहाडका टाकुरा
भन्छन् सुन्दछ को ? गरौं जतिसुकै चित्कार हाम्रा कुरा
उल्टो कर्म गरेर स्वच्छ छवि त्यो कालो र मैलो भयो !
सुल्टो कर्म गरे सतोसत अझै नेपाल पैलो छ यो !

०००
रूपन्देही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x