साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लुतोको भुटो !

मानेर मज्जा लुतो कन्याउँदै त्यसमै रमाउँदै बसेकैछन् । र त, लुतो देखीदेखी मैले , मानेको छैन दिक्क ? बरु मान्न थालेको छु- नेपालीलाई लुतो नै रहेछ ठिक्क !!

Nepal Telecom ad

बूँद राना :

बर्सैपिच्छे फाल्ने गरिन्छ !
जति चोटि फाले पनि सर्छ !
यो लुतोले हदैगर्छ !

तेजाब हालेर हेरेको हो
छालासम्म फेरेको हो !
मार्न मारिहाल्दैन
न त ऊ आफै मर्छ !
भनिहालेँ नि,
यो लुतोले हदैगर्छ !

गह्नाएको मतलब राख्दैन
कनाएको सन्चो मान्छ !
ज्यान जोसुकैको किन नहोस्
आफ्नै जिमीदारी ठान्छ !
चिलाउन, कजाउन, अघि सर्छ ।
के भनौं खै ?
मेरा बाबै !
यो लुतोले त हदैगर्छ

सरुवा रोग हो यो,
किटेर म भन्दिन यहीँ !
तर ज्यानमा कहीँ न कहीँ ,
यसले सबैलाई छोएको छ !
यसको पीरले,
खै यहाँ,
को चिच्याएको छ ? को रोएको छ ?
छैन !
किन कि-
मार्ने भए पो,
मच्चिन्थ्यो कोकोहोलो !
लुतोले मारिहाल्दैन !!

अनि,
किन गर्छन् कसैले ,
यो लुतोको भुटो !?
कसैले गरेको देखिँदैन !
म पो किन गरूँ ?
बन्नलाई- एक्लो बृहस्पति झुटो !?

निकै फुर्सदिला छन् नेपाली
मानेर मज्जा
लुतो कन्याउँदै
त्यसमै रमाउँदै
बसेकैछन् ।

र त,
लुतो देखीदेखी मैले ,
मानेको छैन दिक्क ?
बरु मान्न थालेको छु-
नेपालीलाई लुतो नै रहेछ ठिक्क !!

०००
रूपन्देही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x