साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ह्या, कुरा बुझ्नुछैन !!

"हे गुरु,हजुर सही, म पो पशु !" गुरु सम्झियो। "ह्या, कुरै नबुझी बोल्छ, भन्नु भएन साथीलाई ! "पशुपति ।" हामी सबै नेपाली,अक्सर, कुरा नै नबुझी बोल्ने र हल्ला गर्ने त हो !" खत्री। भाउजूसित क्षमा माग्यो।

Nepal Telecom ad

धनराज गिरी :

– ” पशु, खान तैयार भयो ! आइस्योस् !” पत्नी ज्वालामुखी नौनीकुमारी मधुरवाणीको अनुरोध। साथी सनकलाल खत्री आएको छ, अक्सर आउनेगर्छ, कुन्नि किन हो। ” पशु !” यो सम्बोधन ? छक्क। अनुहार हेर्यो साथीको,ऊ त मुस्कुराइरहेको छ।” क्या अचम्म, पत्नी पक्कै पनि “सारानाकावाली” होलिन्। पक्का ! ” लख काट्यो।

लगातार आइरह्यो खत्री, लगातार उही ध्वनि:
: “पशु,चिया । पशु, बजार जानु छ। पशु,छोराछोरी लिन स्कूल गैस्योस्। पशु, आज म माइत जान्छु। पशु,म आज गजल सुन्न जान्छु। पशु,पशु,पशु !! के हो हो ?” तिल्मिलायो खत्री। तर बोल्न सकेन। “जोडीको बीचमा नआउनू ! कसैको पनि, इन जेनेरल, अति निजी जिन्दगीमा हस्तक्षेप नगर्नू ! यौनाचरण र अर्थाचरण,बिल्कुल निजी कुरा, यसमा टाउको नदुखाउनू ! नकारात्मक कुरा ओसारपसार नगर्नू ! “गुरुदेव” आचार्य, प्रोफेसर सौभाग्यराज गोविन्दानुज सरलकान्त गजलमणि डेरिडाश्रीले” सम्झाएको।

४३ दिनपछि, धानिएन, आज तीन चिलिम गाँजा तानेर आएको थियो, बोल्यो, “अरे यार, तिमी जनावर हो ? मान्छे होइन ? के हो यो अपमान ? किन तिमीलाई यसरी हेपेको ? के तिमी महाजोइटिङ्ग्रे हो ?”

– हेरिरह्यो पतिदेवले अनुहार,साथी दुर्वासा, मुस्कुरायो, बोल्यो, “तिमीलाई थहा छ, साहित्यको कुरा ? थाहा छ ?अभिधा,लक्षणा र व्यञ्जनाको कुरा ?” नरम भएर प्रश्न गर्यो।

“साहित्यमा एम फील म,किन थाहा नहुने ?” जङ्गियो। शिवबुटीको असर। “त्यसो भए सुन, मेरो घरमा, हाम्रो घरमा, उहिलेको झुवानी हाईस्कूलमा जस्तै अभिधामा कुरा हुन्न। सबै लक्षणा र व्यञ्जाना! पशुको अर्थ “शुप” हो, मेरी प्यारीलाई शूप मन पर्छ। अझ अघि, म मेरी पत्नीको के हुँ ? पति होइन ? अनुराधालाई अनु मात्र भनेजस्तै, धनराजलाई धन भनेजस्तै, म पति, उनको, औटोमेटिक, “पशुपति” किन भन्ने ?। सर्टकर्ट !! कमनसेन्स छैन ?मलाई कुनै आपत्ति छैन, तेरो किन टाउको दुख्यो ?” पशुपति अधिकारी।

“हे गुरु,हजुर सही, म पो पशु !” गुरु सम्झियो। “ह्या, कुरै नबुझी बोल्छ, भन्नु भएन साथीलाई ! “पशुपति ।” हामी सबै नेपाली,अक्सर, कुरा नै नबुझी बोल्ने र हल्ला गर्ने त हो !” खत्री। भाउजूसित क्षमा माग्यो। “पशुको भाइ !” भाउजूले जिस्क्याइन्।

“नारायण,नारायण, प्याराडक्स भाउजू !” खत्री। अनि खत्री गायब भयो।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
रकिब !

रकिब !

धनराज गिरी
ससुराली !

ससुराली !

धनराज गिरी
लभलेटर

लभलेटर

धनराज गिरी
बैकुण्ठमा बास हुनैपर्छ

बैकुण्ठमा बास हुनैपर्छ

डिल्लीराज अर्याल
धन्यवाद हुजुर

धन्यवाद हुजुर

रामकृष्ण ढकाल
सिल्किनेहरूको नाउँमा

सिल्किनेहरूको नाउँमा

शिवप्रसाद जैशी
अभिसप्त बुढ्यौली

अभिसप्त बुढ्यौली

मीनप्रसाद लामिछाने
नबास्ने भाले

नबास्ने भाले

रामप्रसाद अर्याल ‘अविराम’
0
Would love your thoughts, please comment.x
()
x