मीनप्रसाद लामिछानेअभिसप्त बुढ्यौली
मनिषा आफ्नो अडानमा टसकोमस भइनन् । “यस बिषयमा छलफल भोलि गर्दा नि हुन्छ अहिले चैं खाजा के छ लेउन साह्रै भोक लाग्या छ ।

मीनप्रसाद लामिछाने :
“हेर है बुढा भन्द्या छु बा लाइ चैं याँ बोलाउने हैन नी । त्यहिं दाइकोमै ठिक छन् ।” अफिसबाट फर्केर रमेश घर भित्र पनि छिर्न पाएको थिएन, मनिषाले रमेशलाइ उर्दि लाइ हालिन् । “दाइसंग पनि सल्लाह गरौंला नि । हामीले मात्र भनेर काँ हुन्छ । दाइकोमा बसेको पनि निकै भै सक्यो झ्याउ लागि सक्यो होला ।” रमेशले आफ्नो विवशता पोखे ।
“झ्याउ लागोस् कि स्याउ लागोस् पर्दैन भने पछि पर्दैन । याँ आफ्नो एउटा परिवार कसरी धान्नु भै रा छ । फेरि तिम्रा बा कस्ता छन नि नचिन्या हो र । चुपो लागेर बस्नु, दिएको लाउनु खानु, त्यस्तो छैन । उपदेश छांटेर बसिसक्नु हुदैन । यसो गर, उसो गर, त्यसो नगर । मान्छेको निजि जिन्दगी भन्ने पनि त हुन्छ नि । जे कुरामा पनि हस्तक्षेप !”
मनिषालाइ ससुराले सम्झाएको फिटिक्कै मन पर्दो रैनछ । “बिस्तार बोल न । भित्ताको पनि कान हुन्छ भन्छन् फेरि छिमेकीले सुने भने के भन्लान ! एउटा भको बुढो बाउलाइ पनि पाल्न सक्दो रहेनछ भन्दै हिडे भने भएन बेइज्जत ।” रमेशले मनिषालाइ शान्त पार्न सक्दो कोसिस गर्योै । “भने भनुन् न त । उनिहरुले चैं खुब पाल्या जस्तो । गोपालले पोहोर साल आफ्नो बाउलाइ बृद्धाश्रममा राखेर आएको होइन । उनिहरुका त अझ तिन भाइ छन् । उनिहरुलाइ खै कसले के भन्न सक्या छ ? समाजमा उतिकै इज्जत छ त उनिहरुको पनि ! मनिषा मान्ने पक्षमा देखिनन् ।
“छ इज्जत । अगाडि पो क्यै नभनेका । पछाडि कति कुरा काट्छन तिमीलाइ के था !” “पछाडि त राजा महाराजाका पनि कुरा काट्छन काटुन न त काटेर के हुन्छ ।” मनिषा आफ्नो अडानमा टसकोमस भइनन् । “यस बिषयमा छलफल भोलि गर्दा नि हुन्छ अहिले चैं खाजा के छ लेउन साह्रै भोक लाग्या छ ।”
यति भनेर रमेश हात गोडा धुन बाथरुम भित्र पसे मनिषा किचनतिर लागिन । हामी पनि लुसुक्क घर तिर लाग्यौं । उबेंला छिमेकीको घरको करेसामा लुकेर यसरी भित्रको झगडा सुन्नुको मजा नै बेग्लै थियो ! आजकला त कहाँ…!
०००
हेटाैँडा, मकवानपपुर
Subscribe
Login
0 Comments
Oldest








































