साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बर्खी बार्दैछ देश मेरो !

नौलो निवास खोज्ने खाँचो भएर हो कि? त्यागी बसाइँ गुन्टा सार्दैछ देश मेरो ! सन्देश सुन्न ऐले यी कान कल्पिँदैछन् अन्योलको तुवाँलो फार्दैछ देश मेरो !

Nepal Telecom ad

बूँद राना :

कोरा बसेर बर्खी बार्दैछ देश मेरो !
कल्ले जितेछ बाजी हार्दैछ देश मेरो ?

बिर्स्यौं कि वीर गाथा! पानी मर्‍यो कि केहो ?
गद्दारले निमोठी मार्दैछ देश मेरो !

रोएर बस्नलाई पोखोस् कहाँ छ आँसू !
रक्ताम्य आँसु आफू झार्दैछ देश मेरो !

ज्यानै म दिन्छु भन्ने बाचा रह्यो कि बाँकी
आएर काल ज्याद्रो खार्दैछ देश मेरो !

हो आँट खासमा यो के भन्नु हो निराशा
माझी विहीन डुङ्गा तार्दैछ देश मेरो !

नौलो निवास खोज्ने खाँचो भएर हो कि?
त्यागी बसाइँ गुन्टा सार्दैछ देश मेरो !

सन्देश सुन्न ऐले यी कान कल्पिँदैछन्
अन्योलको तुवाँलो फार्दैछ देश मेरो !

हो माग यो सदीको, हो पाठ जिन्दगीको
आफ्नो नसीब आफै नार्दैछ देश मेरो !

यस्ता सयौं बवण्डर टार्ने गरेर आयो
राखेर धैर्य खड्गो टार्दैछ देश मेरो !

०००
रूपन्देही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छोडी जानेको ठूलो गुन

छोडी जानेको ठूलो गुन

महेन्द्र उपाध्याय
जहर पनि पिउने रहर भएछ

जहर पनि पिउने रहर...

फित्काैली डटकम
अहा !! क्या फलानो !

अहा !! क्या फलानो...

पुरूषाेत्तम सिग्देल
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x