साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाबुआमा (काव्यांश- ५७)

मान्छे ज्ञान विवेकको घर स्वयम् कर्तव्य पक्र्यो भने । मान्छे नै पशुतुल्य बन्छ भवमा दुष्कर्म फक्र्यो भने ।। छाती फुल्दछ कर्म पारख हुँदा खुम्चिन्छ अल्छी बने । पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।

Nepal Telecom ad

दीनानाथ पोख्रेल :

हुन्छन् धर्म र कर्ममा मनुजता पस्केर साँचौँ कि म ?
टाढासम्म सुवास चल्दछ छरी सम्मान गाँसौँ कि म ?
मान्छे योग्य सुकर्म सारथी हुने यो मार्ग पक्रेँ भने ।
पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।७६।।

मान्छे ज्ञान विवेकपूर्ण रहँदा उत्कृष्ट प्राणी भयो ।
त्यागे ज्ञान विवेक हुन्न मनुवा सम्मान आफ्नै गयो ।।
मिल्छन् आदर भाव नित्य भवमा आफैँ सुबाटो खने ।
पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।७७।।

पाका पारख कर्मका डगरका उम्दा कला सारथि ।
पाका हुन् जग हुर्किएर म बढेँ हुन् ज्ञानका भारती ।।
त्याग्दा सङ्गत रिक्त बन्दछु स्वयम् पूर्णेन्दु सेवी बने ।
पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।७८।।

चढ्दै माथि पुगेँ म वृद्धि वयले छन् ज्ञान गुच्छा उर ।
आऊ सिक्न तयार छौ यदि भने सङ्लिन्छ गर्खा पुर ।।
आफू रिक्त हुने बनिन्न बटुवा यो भाव राख्यौँ भने ।
पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।७९।।

मान्छे ज्ञान विवेकको घर स्वयम् कर्तव्य पक्र्यो भने ।
मान्छे नै पशुतुल्य बन्छ भवमा दुष्कर्म फक्र्यो भने ।।
छाती फुल्दछ कर्म पारख हुँदा खुम्चिन्छ अल्छी बने ।
पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।८०।।

०००
सुम्बेक, इलाम नगरपालिका वडा नं ०२, इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
वृद्धवृद्धा सबै …

वृद्धवृद्धा सबै …

दीनानाथ पाेखरेल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दीनानाथ पाेखरेल
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

दीनानाथ पाेखरेल
शून्यजस्तै उज्यालो कटेरो

शून्यजस्तै उज्यालो कटेरो

लालबाबु शर्मा पोखरेल
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
मोती हाम्रा …

मोती हाम्रा …

पदम दाहाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

इन्द्रनारायण सुवेदी
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x