साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छ जिद्दी लिएको

बचाऊँ भनी बूँदले के गरोस् खै ? गली जान मान्छे बतासा हुँदैछ !

Nepal Telecom ad

बूँद राना :

भयो जे भयो भन्छ- खासा हुँदैछ
यहाँ आज मान्छे तमाशा हुँदैछ !

छ जिद्दी लिएको बिलाएर जाने
घटी तौल रत्ती र मासा हुँदैछ !

कहाँ सुन्नु यौटै कुरा सान्त्वनाको
गुनासा छँदैछन् गथासा हुँदैछ !

बसेको छ खेली जुवा जिन्दगीको
कतै क्यासिनो तास पासा हुँदैछ !

डढेलो बनेको छ त्यो खास खेलो
खरानी भरोसा र आशा हुँदैछ !

बचाऊँ भनी बूँदले के गरोस् खै ?
गली जान मान्छे बतासा हुँदैछ !

०००
रूपन्देही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x