शेषकान्त गौतमहत्तेरी ! यस्तो पनि हुँदाेरहेछ
पार्टीको निर्णय उनलाई "के खाेज्छस् ....आँखाे" भनेजस्तै भयाे । माेवाइल स्विचअफ गरे र घर नगई त्यतैबाट उनी सिधै रेष्टुरेन्टतिर लागे ।

शेषकान्त गाैतम :
हत्तेरी ! यस्तो पनि हुँदाेरहेछ
हेर्नुस् ताे साँईलाबा ।
“पार्टीसम्बद्ध नेता कार्यकर्ताहरू सबैले क्रिसमस ईव भव्य रूपमा सेलिब्रेट् गर्ने” भन्ने प्रस्ताव बहुमतले पारित गर्दै स्थायी समितिको मिटिङ पर्सिसम्मकाे लागि स्थगित गरियाे । कामरेड खादूराम बिहानैदेखि राेमान्सकाे मूडमा थिए । पार्टीको निर्णय उनलाई “के खाेज्छस् ….आँखाे” भनेजस्तै भयाे । माेवाइल स्विचअफ गरे र घर नगई त्यतैबाट उनी सिधै रेष्टुरेन्टतिर लागे ।
रेष्टुरेन्ट एकदमै प्याक थियाे । सबै टेबुलमा जाेडीहरू (कपल) थिए | बस्नकाे लागि खाली ठाउँ कतै थिएन । कामरेड खादूरामले एकछिन साेचे, आइडिया फुरिहाल्याे-
माेबाइलमा नम्बर डायल गरेजस्तो गरेर कानमा लगाए र जाेडसँग चिच्याए-
“हेल्लाे सर ! छिटाे आइहाल्नुस् ! त्याे बदमास त यहीं छे ! लठारिएर बसेकी छे, छिटाे है छिटाे…!”
तुरुन्तै ७/८ जना केटीहरू मुख छाेपेर भागिहाले ! भाग्नेमध्ये एउटी चैं कामरेड खादुरामकी मेडम रतिकला पनि पाे रहेछिन् !
अहिले खादूराम ग्रान्डी हस्पिटलकाे आईसीयूमा छन् ….!
०००
Subscribe
Login
0 Comments
Oldest








































