साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छ/छ महिनामा कसैले छोराछोरी पाउँछन् ?

कन्डक्टर- बरू भाडा नतिरे नतिर्नुस् हेर्नुस् दिदी ! तर कम से कम ९ महिनाको ग्याप त राख्नुस् ! छ/छ महिनामा पनि कसैले छोराछोरी पाउँछन् ?

Nepal Telecom ad

रतिकला मेडम (कामरेड खादुरामकी ल्याईता) तीन बालक सहित थानकोट-नगरकोट बसमा चढिन् । बस कोटेश्वरको जाममा रोकिइराखेको थियो, कन्डक्टर भाडा उठाउँदै रतिकलाको छेउँमा आयो । उनले ५० को नोट निकालेर दिइन् ।

कन्डक्टरले भन्यो- ४ जनाको २०० रूप्या दिनुस् न ! के ५० दिनुभएको दिदी ?
“बच्चाको पनि भाडा लाग्छ र भाइ ? अरू बसले त लिँदैनन् ! यो कस्तो बस हो तिम्रो ?” रतिकला झन्किन् ।

“१० वर्ष माथिकालाई त भाडा लागिहाल्छ नि दिदी ! भाडा नतिरी यात्रा गर्न त आफ्नै निजी कारमा चढ्नुपर्‍यो नि, पब्लिक बसमा त लागिहाल्छ नि ! फेरि बच्चा भन्नुहुन्छ, दाह्रीजुँगा झपक्कै छन् त ! कति कति वर्षका हुन् यी भन्नुस् त !” अरू यात्रुका मुखाँ हेर्दै कन्डक्टरले व्यङ्ग्य गर्‍यो ।

रतिकला- पहिलो आठको, बीचको साढे आठको अनि तेस्रो चाहिँ नौको ! सबै १० वर्षमुनिका त छन् नि.. !

कन्डक्टर- बरू भाडा नतिरे नतिर्नुस् हेर्नुस् दिदी ! तर कम से कम ९ महिनाको ग्याप त राख्नुस् ! छ/छ महिनामा पनि कसैले छोराछोरी पाउँछन् ?

रतिकला- भो भाषण नछाँट् धेरै ! तैंले सिकाउनुपर्छ कति कति ग्यापमा पाउने भनेर ? बडो प्रवचन दिँदोरैछ…! ऊ त्यो बीचको चाहिँ सौताको छोरो हो । अब त बुझिस् होला नि ! जा उता !!….
कन्डक्टर- हैट् … ।

काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हत्तेरी ! यस्तो पनि हुँदाेरहेछ

हत्तेरी ! यस्तो पनि...

शेषकान्त गौतम
पश्चाताप

पश्चाताप

शेषकान्त गौतम
निकाल्नै पर्ने दाँत

निकाल्नै पर्ने दाँत

शेषकान्त गौतम
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तालु

तालु

ईश्वर पाेखरेल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x