साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेताले त देउतालाई पनि ठग्छ

“देवताहरू हो ! तिमीहरूको यस्तै हरकतका कारण कोही स्वर्ग आउन चाहँदैन । आइन्दा ख्याल गर्नू ! नत्र...!”

Nepal Telecom ad

कता कता चोरबाटोबाट एकजना ढोंगी नेता स्वर्गमा घुसिहालेछ । देवताहरूले त्यो कुरूप अनुहार देख्नेबित्तिकै चिनिहाले र त्यस फटाहालाई समातेर भक्कुमार कुट्न थाले । त्यो त्यहीं ढल्यो …।

धेरैबेरपछि बडो मुस्किलले धङ्धङाउँदै उठ्यो र केही बोल्ला जस्तो गर्‍यो । देवताहरूले सोचे कि अब त्यसले आफूले गरेको फट्याइँ र पापको लागि पश्चात्ताप गर्दै क्षमा याचना गर्नेछ ।

त्यो बोल्यो पनि-
“देवताहरू हो ! तिमीहरूको यस्तै हरकतका कारण कोही स्वर्ग आउन चाहँदैन । आइन्दा ख्याल गर्नू ! नत्र…!”
यति बोलेर त्यो त्यहाँबाट पत्ताचोट भाग्यो । र, एकैछिनमा आफ्नै स्वर्गमा पुग्यो ।

शेक्सपियरले त्यसै भनेका रहेनछन्-
‘नेताले पायो भने देवताहरूलाई समेत ठग्छ ।’

हामी त जनता…!
मने भेँडा…!

०००

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तालु

तालु

ईश्वर पाेखरेल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x