साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सारै रिस पो उठ्दो रैछ !

मेरो घर मेरो परिवार मेरो समाज मेरो सस्कृति उजाड-उजाड भैरहेको तिमीलाइ मतलब नै रहेन भने म नेपाली हुँ भन्दा पनि सारै रिस पो उठ्दो रैछ ।

Nepal Telecom ad

जन्मजात नेपाली भए पनि
ए भनेको अमेरिका
बि भनेको ब्रिटिस

सि भनेको क्यनडा
भन्दै सिकेको मैले
कति कति कापीमा
लेख्दालेख्दै
आफ्नो भाग्य लेख्न बिर्सिएर
भौतारिँदै
१२ पास गर्दा नगर्दै
खाडी मुलुक पुगेर ब्युझिएपछि
थाहा भयो
नेपाली हुँ भन्न पनि
सारै रिस पो उठ्दो रैछ ।

खेत-बारी बाँझो राखेरै
मरूभूमिलाइ हराभरा बनाउने म
रगत-पसिना बगाउँदै
आधा पेट खाएर
देशलाई रेमिट्यान्स पठाउने म
प्रदेशका तातो हावाले फोक्सो भरी
देशलाइ धेरै-धेरै माया गर्ने म
के देश ?
तिमीले अफ्ट्यारोमा मलाई उद्दार गर्‍यौ ?
तातो घाममा जलिरहँदा
चिसो बालुवामा चिच्याइरहँदा
तिमीले मलाई कति पटक बिचरा भन्यौ हँ ?
मलाई थाहा छ
तिमीले मेरो खोजी गरेनौ
र त
नेपाली हुँ भन्न पनि
सारै रिस पो उठ्दो रैछ ।

पासपोर्ट बनाएको हिसाब राख्यौ
म ठगिएको चाल पाएनौ
औँला भाँची रेमिट्यान्स गन्यौ
मैले पाएको दुःख महसुस गरेनौ
मेरो घर
मेरो परिवार
मेरो समाज
मेरो सस्कृति
उजाड-उजाड भैरहेको
तिमीलाइ मतलब नै रहेन भने
म नेपाली हुँ
भन्दा पनि सारै रिस पो उठ्दो रैछ ।

०००
१७ पौष २०७९
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अचम्मै भो

अचम्मै भो

नवराज श्रेष्ठ
चः चः हुई

चः चः हुई

नवराज श्रेष्ठ
हामी नेपाली

हामी नेपाली

नवराज श्रेष्ठ
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x