साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अचम्मै भो

सुन छोडी लसुनको खेती गरे हुने जति सबै भैसके कुरै नबुझी किन कराको घोषणा पत्र पढ तिमीलाइ के चाहिएको हो ? सबै छ सबै भै सकेको छ ।

Nepal Telecom ad

अस्पताल बनेन भनी किन कराको
सिटामोल पाएन भनी किन कराको
स्कुल खुलेकै रैछ
पुस्तक भेटेकै रैछ
बाटो पुगेकै रैछ
चुलोमा आगो फुकेकै रैछ
बेकार
यो भएन
त्यो भएन
भन्दै हल्ला गरेर हुन्छ
घोषणा पत्र पढ्न
तिमीहरूलाई के, चाहिएको हो
सबै छ ।

नेपालमै रेल आएछ
सस्तोमा तेल पाएछ
सलल पानी जहाज बग्दो रहेछ
छिन-छिनमै
मेचीबाट महाकाली पुग्दो रहेछ
किसानले मल पाए
खेलाडीले बल पाए
पाउन पर्नेले सबै पाइसके
तिमी किन हल्ला गरेको
पत्यार नलागे
घोषणा पत्र पढ
अगाडि बढ ।

एका-एक
इनकम दोब्बर भए
कालीगण्डकीको कला-पत्थर
बेच्न देश-विदेश गए
सुन छोडी
लसुनको खेती गरे
हुने जति सबै भैसके
कुरै नबुझी किन कराको
घोषणा पत्र पढ
तिमीलाइ के चाहिएको हो ?
सबै छ
सबै भै सकेको छ ।

०००
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सारै रिस पो उठ्दो रैछ !

सारै रिस पो उठ्दो...

नवराज श्रेष्ठ
चः चः हुई

चः चः हुई

नवराज श्रेष्ठ
हामी नेपाली

हामी नेपाली

नवराज श्रेष्ठ
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x