साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुक्तककार रेहित सैँजुको‘परावर्तन’ सार्वजनिक

मुक्तककार सैँजुको जन्मदिनको अवसरमा जिल्ला समन्वय समिति काठमाडौको सभाकक्षमा पुस १७ गते आयोजित एक कार्यक्रम बिच उक्त मुक्तक सङ्ग्रह सार्वजनिक भएको हो ।

Nepal Telecom ad

काठमाडौँ । युवा मुक्तककार रेहित सैँजुको मुक्तकसङ्ग्रह ‘परावर्तन’ सार्वजनिक भएको खबर छ । मुक्तककार सैँजुको जन्मदिनको अवसरमा जिल्ला समन्वय समिति काठमाडौको सभाकक्षमा पुस १७ गते आयोजित एक कार्यक्रम बिच उक्त मुक्तक सङ्ग्रह सार्वजनिक भएको हो । सो कृति कार्यक्रममा उपस्थित सबैका हातबाट सामुहिक रूपमा विमोचन गरिएको थियो ।

‘कल्पतरु’आयोजक रहेको कार्यक्रमको सभापतित्व ‘कल्पतरु’ साहित्यिक द्वैमासिकका प्रधान सम्पादक नवराज पुडासैनी ‘ज्योत्सना’ले गर्नुभएको थियो । सो कार्यक्रमका प्रमुख अतिथि ‘मुक्तक सागर’ त्रैमासिकका सम्पादक निशा केसी हुनुहुन्थ्यो भने भूगोल साहित्य समाजका अध्यक्ष विनोद नेपाल कार्यक्रमका अतिथि हुनुहुन्थ्यो । कृतिका समीक्षक डा. कृष्ण भण्डारी ‘मुमुक्षु’ हुनुहुन्थ्यो ।

मुक्तककार सैँजुका २४० मुक्तक समावेश ८० पृष्ठको उक्त कृतिको समीक्षा गर्दै समीक्षक ‘मुमुक्षु’ले मुक्तक के हो र कस्तो हुनुपर्छ भन्नेदेखि सैंजुका मुक्तकका सबल तथा दुर्बल पक्षहरू र तिनमा बाञ्छित सुधार बारे आफ्नो धारणा राख्नुभएको थियो ।

कार्यक्रमका सभापति, प्रमुखअतिथि तथा अतिथिले मुक्तककार सैँजुले कम उमेरमै गहकिलो कृति प्रकाशित गरेर आफूमा रहेको प्रतिभा प्रदर्शन गरेकोमा हार्दिक बधाई दिँदै लेखनमा अझ परिस्कार ल्याउन र अझ गहकिला कृति जन्माउन शुभकामना दिनु भएको थियो ।

सोही कार्यक्रममा चिरञ्जीवी दाहाल र रिद्धिनारायण श्रेष्ठले सैंजुलाई कृतिका लागि बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो भने कृतिकारकी पत्नी अबिका थापा मगरले सैंजुलाई लेखन कार्यमा आफ्नो र परिवारको तर्फबाट सम्पूणर् सहयोग हुने बताउनुभएको थियो ।

भुवन सिवाकोटीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा राजबाबु श्रेष्ठ सागर र विष्णुप्रसाद आचार्यबाट विमाचित कृतिभित्रका केही मुक्तक वाचन गरिएको थियो भने कार्यक्रमका वक्ताहरूले कृतिकार सैंजुलाई जन्मदिनको शुभकामना पनि दिएका थिए ।
०००
स्रोत : शब्दपथ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x