साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खादुरामकाे क्रिसमस पार्टी

तर... तर भाग्नेमध्येकी एउटी चैं खादुरामकी मेडम रतिकला नै पाे परिछन् ....!! रतिकला हुन् भनेर ठम्याउँदा ठम्याउँदै खादुराम त खङ्ग्रङ्गै भएर ठाउँकाे ठाउँ ढले ।

Nepal Telecom ad

शेषकान्त गाैतम :

“पार्टीसम्बद्ध नेता कार्यकर्ताहरू सबैले क्रिसमस ईव भव्य रूपमा सेलिब्रेट् गर्ने” भन्ने प्रस्ताव बहुमतले पारित गर्दै स्थायी समितिको मिटिङ पर्सिसम्मकाे लागि स्थगित गरियाे |
कामरेड खादूराम बिहानैदेखि राेमान्सकाे मुडमा थिए | पार्टीको निर्णय उनलाई “के खाेज्छस् …. आँखाे” भनेजस्तै भयाे | माेवाइल स्विचअफ गरे र घर नगई त्यतैबाट उनी सरासर रेष्टुरेन्टतिर लागे |

रेष्टुरेन्ट एकदमै प्याक थियाे | सबै टेबुलमा जाेडीहरू (कपल) थिए | बस्नकाे लागि खाली ठाउँ कतै थिएन | कामरेड खादुरामले एकछिन साेचे | आइडिया फुरिहाल्याे-

माेबाइलमा नम्बर डायल गरेजस्तो गरेर
कानमा लगाए र जाेड जाेडले चिच्याए-

“हेल्लाे सर ! छिटाे आइहाल्नुस् ! त्याे बदमास त यहीं छे ! लठारिएर बसेकी छे, छिटाे है छिटाे…!”

तुरुन्तै ९ जना केटीहरू न्याप्किनले मुख छाेपेर भागिहाले ……|

तर… तर भाग्नेमध्येकी एउटी चैं खादुरामकी मेडम रतिकला नै पाे परिछन् ….!! रतिकला हुन् भनेर ठम्याउँदा ठम्याउँदै खादुराम त खङ्ग्रङ्गै भएर ठाउँकाे ठाउँ ढले ।

अहिले खादूराम ग्रान्डी हस्पिटलकाे आईसीयूमा छन्, हाेस अझै खुलेकाे छैन रे ….!

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
नाक

नाक

ईश्वर पाेखरेल
मेहन्दी

मेहन्दी

ईश्वर पाेखरेल
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x