शेषकान्त गौतमकामरेड खादुरामकाे चर्तिकला
यत्तिकैमा खादुरामकी मेडम रतिकलाले दूध-च्या` लिएर काेठामा प्रवेश गरिन् | खादुरामले निकै उत्तेजनाका साथ हात हल्लाइरहेका थिए | रतिकलाले यसाे पारितिर हेर्छिन् त रागिनी मेडम !

शेषकान्त गाैतम :
त्यस्तै दाेपहरकाे १२-साढे १२ बजेको हुँदाे हाे, भाते निंद सुतेर यसाेे आङ् तान्दै थिए, कामरेड खादुरामका नजर पल्लो घरकाे झ्यालमा ठाेकिए | झ्यालभित्रबाट कुनै अधबैंसे महिलाले उनीतिरै हेरेर हात हल्लाइरहेकी थिइन् | यसाे आँखीभाैं खुम्च्याएर हेर्छन् त सहकर्मी कामरेड लालाकी मेडम रागिनी !
म “हँss..!” त्यस्ताे अनपेक्षित दृश्यले एकछिन त कामरेड खादुराम आश्चर्यचकित बने | परन्तु रागिनी मेडमले हात हल्लाउन छाेडिनन् | आखिर मान्छे न हुन्, खादुराममा एककिसिमकाे राेमान्स पैदा भयाे, उनलाई वास्तविक “संसार त याे पाे हाे !” भन्ने लाग्याे | उनको पालाे “हाई डियेर !” भन्दै हात हल्लाउन थाले….
यत्तिकैमा खादुरामकी मेडम रतिकलाले दूध-च्या` लिएर काेठामा प्रवेश गरिन् | खादुरामले निकै उत्तेजनाका साथ हात हल्लाइरहेका थिए | रतिकलाले यसाे पारितिर हेर्छिन् त रागिनी मेडम ! उनले चियाकाे प्लेट विस्तारै भुइँमा राखिन् र पछाडिबाट कस्सेर खादुरामकाे ब्याकमा एक लात जमाइन् | खादुराम लड्खडिँदै गएर झ्यालमा बजारिए | पछाडि फर्केर हेर्छन् त रतिकला..!
रुन्चे हाँसो किच्च हाँस्दै बाेले- “के गरेकी याे ! धन्नै टाउकाे फुटेन, ऐय्या बा..!”
रतिकला- रागिनीले त झ्याल पुछिरहेकी छे, तिम्ले चाहिँ के पुछ्दै छाै हरामी ? तिहार आ`काे था` छैन ? ई.. याे च्या` घिच ! सेलाइसक्याे |
यस्ताे नि हुनिरैच, हन्त साँईलाबा !
०००
Subscribe
Login
0 Comments
Oldest







































