साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फोहोरी देख्यौ मलाई ?

धर्तीको ऋण खाएर माटोलाई माया मारेर पेटमा किरा परेझैँ अपमान मेरो गरेर । कुन शक्तिको सामुमा त्यो तिम्रो शिर झुकाई कुन चश्माले हेरेर फोहोरी देख्यौ मलाई ?

Nepal Telecom ad

प्रेम घिमिरे “अग्निकवच”:

खेत र बारी खनेर माटोमा प्यार रोप्छु म
कोदालो, कुटो साक्षी छन् हलो र जुवा बोक्छु म।
धर्तीको माटो पवित्र शिरमा टीका लगाई
समृद्धि ल्याउन खट्दछु फोहोरी भन्छौ मलाई ?
।१।

भ्रष्टाचार कहिल्यै गर्दिनँ षड्यन्त्र कहिल्यै रच्दिनँ
सृष्टि नै मेरो धर्म हो कर्ममा पछि हट्दिनँ ।
सिर्जनाको बीउ रोपेर शक्तिको स्रोत फलाई
दुनियाँ पाल्ने ब्यक्ति म फोहोरी भन्छौ मलाई ?
।२।

अन्याय मान्दै मान्दिन लुसिफर बन्न जान्दिनँ
पर्दाको पछि लुकेर माछालाई जाल हान्दिनँ ।
नुनको सोझो नगर्ने ध्वंसको खेती लगाई
हिंसाको बीउ रोपेर फोहोरी भन्छौ मलाई ?
।३।

खुराक मेरै खाएर रवाफ कसलाई देखाको
पसिना चुहाई धर्तीमा पाइला कसले टेकाको।
श्रमिकको गुन बिर्सेर किसान पोल्ने सलाई
ऐनामा मुख नहेरी फोहोरी भन्छौ मलाई ?
।४।

धर्तीको ऋण खाएर माटोलाई माया मारेर
पेटमा किरा परेझैँ अपमान मेरो गरेर ।
कुन शक्तिको सामुमा त्यो तिम्रो शिर झुकाई
कुन चश्माले हेरेर फोहोरी देख्यौ मलाई ?
।५।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाङ्गो शहर

नाङ्गो शहर

विप्लव प्रतीक
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
पहिरोको माखेसाङ्लो

पहिरोको माखेसाङ्लो

ठाकुर बेलबासे
संगतकाे फल

संगतकाे फल

रामविनय
लुताे

लुताे

चन्द्रप्रसाद न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x