साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साँढेको मृत्यु

साँढेको मासु खान लालायित स्यालहरू जम्मा भइसकेका थिए । एउटा स्यालले साँढेको अघिल्तिर गएर भनिदियो 'अब तिमीलाई ब्वाँसोले काम पुर्‍यायो । तिमी मर्दैछौ ।'

Nepal Telecom ad

हरि खनाल :

वनमा एउटा मोटोघाटो साँढे थियो । त्यो वनमा डुक्रिएपछि सबै जनावर काँप्थे । उसले धेरैपटक बाघ र सिंहलाई पनि हराइसकेकाले उसमाथि आक्रमण गर्ने हिम्मत कसैको थिएन । साँढेको मासु देखेर स्यालहरू लोभिएका थिए । एउटा स्यालले ब्वाँसोलाई भेट्यो र भन्यो ‘ब्वाँसा दाजु मख्ख पारेर सिध्याउने कलामा तिमी निपुण छौ त्यो मोटो साँढे मारेर खाने उपाय गरौँ न । हामी त्यसको मासु चाखौँला मात्र । धेरै दिनसम्म तिमी नै खाउला ।’

स्यालले प्रशंसा गरेपछि ब्वाँसो मख्ख पर्‍यो । उसले साँढेसँग मित्रताको प्रस्ताव गर्‍यो ।

‘तिमी ब्वाँसाहरूसँग के साथी बन्नु तिमीहरू त कन्याउँछौ कन्याउँछौ अनि उधिनेर खान्छौ रे ।’ साँढेले अविश्वास गर्‍यो ।

‘हैन हैन म त्यस्तो छैन । विश्वास लाग्दैन भने म जहिल्यै तपाईँको शरीरलाई अघिल्तिरबाट कन्याइदिने छु ।’ ब्वाँसोले प्रस्ताव गर्‍यो ।

‘हुन त हो । अघिल्तिर मात्र कन्याउन दिएँ भने यसको जोर चल्दैन । दायाँबायाँ गर्‍यो भने हानेर मिति पुर्‍याउँला ।’ साँढेले सोच्यो र ससर्त मित्रता स्वीकार गर्‍यो । ब्वाँसोले दिनमा एकपटक साँढेको अघिल्लो भाग कन्याउँदै मसाज गरिदिन्थ्यो । साँढेलाई खुब मजा आउँथ्यो ।

यसो गर्दागर्दै धेरै दिन बित्यो । साँढेले सोच्यो ‘यो बदमास छैन । यसलाई विश्वास गर्दा हुन्छ । आज माथि ढाड पनि कन्याउन लगाउँछु ।’ साँढेले ब्वाँसालाई ढाडसम्म जान दियो । अब ब्वाँसोले अगाडिदेखि ढाडसम्म कन्याउने काम पायो । एक दिन साँढेले सोच्यो ‘यो अति नै विश्वासिलो छ । आफ्नो पछिल्तिर झन चिलाएको छ । कन्याओस् ।’ साँढेले पछिल्तिर पनि जान दियो । केही दिनसम्म त्यो प्रक्रिया जारी भयो ।

एक दिन ब्वाँसोले पछिल्तिर बसेर किर्ना टिप्दै कन्याउँदै गर्दा साँढेलाई खुब आनन्द आयो । ऊ जमिनमा लम्पसार परेर मस्त सुत्यो । ब्वाँसोले खुबै कन्यायो र साँढेको मलद्वारभित्र नङ्ग्रा पुर्‍यायो । साँढेले हलचल नगरेपछि साँढेको ठूलो आन्द्रा नै बाहिर निकाल्यो ।

‘साथी ! के भयो मलाई दुख्दैछ त ?’ ब्वाँसोले सोध्यो ।

‘जुकाले टोकेको ठाउँमा पनि कन्याउन पुगेछु । केही छैन केहीबेरपछि ठीक हुन्छ ।’ ब्वाँसोले जबाफ दियो ।

‘हैन मलाई त अझै दुख्दैछ त ।’ साँढेले भन्यो ।

‘पर्खनुहोस् म जडिबूटी ल्याएर लगाइदिन्छु ।’ ब्वाँसोले भन्यो र झाडीमा गएर लुक्यो ।

साँढेको मासु खान लालायित स्यालहरू जम्मा भइसकेका थिए । एउटा स्यालले साँढेको अघिल्तिर गएर भनिदियो ‘अब तिमीलाई ब्वाँसोले काम पुर्‍यायो । तिमी मर्दैछौ ।’

साँढे उठन खोज्यो सकेन । उसले भन्यो ‘ब्वाँसोले त पक्कै केही गरेको हैन बरू तिमीहरूले केही गर्‍यौ कि क्या हो ।’

साँढेको सुन्दर दुर्भाग्य ब्वाँसोले मार्‍यो भन्ने पनि नजानी मर्‍यो ।

०००
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
‘बाउ पर्ने पनि हिं थे नि;’ ए ! 

‘बाउ पर्ने पनि हिं...

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x