साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मीतज्यूको झ्याप गीत

सङ्गीतको आगो ओकल्छन् उनी हामी तापिरहन्छौँ धम्की लाग्ने गरी चिच्याउँछन् उनी हामी कान थापिरहन्छौं क्या शब्द छ । क्या भाव छ ! पिएको तर लाग्न बाँकी सराब छ ।

Nepal Telecom ad

गाेविन्द पाैडेल :

बारुद जस्तो पड्कन्छ पनि
चट्याङ जस्तो चड्कन्छ पनि
गीत हो कि सुनामीको हुन्डरी
मेरा साक्खे मीतज्यूकाे
पप गीत रे
ऱ्याप गीत रे
झ्याप गीत रे
लाम्चो-लाम्चो अलि डल्लो छ
रसिलो रसिलो अलि खल्लो छ
बहर खोज्या कोरलीझै बुर्कुसी मार्छन्
झटारोले जूनतारा झार्छन्
कस्तो काइदाको सङ्गीत छ
माया बर्साउन पनि हुने
केटाकेटी तर्साउन पनि हुने
मीतज्यूको गीत पो गीत
स्रोतको आँखैभरि उनै छन्
मैयाँको काखैभरि उनै छन्
सबका सब गाउन जानेका
दश गाउँका दुनियाँले आफ्नै मानेका
कन्छन् कन्छन् मीतज्यू कनिरहन्छन् ।
सुन्छन् सुन्छन् श्रोता सुनिरहन्छन्
नपत्याए, तपाईं पनि सुन्नुहोस्
क्या शब्द छ, क्या भाव छ
पिएको तर लाग्न बाँकी सराब छ
तिहुनको झोलमा थप प्रिय नुन
औंसीको रातमा टहटह जून !

सङ्गीतको बाढी ल्याए मीतज्यूले मनै धमिलो भयो
कागती निचोरेझै अनुहार बिगार्छन्, मुखै अमिलो भयो
लोकप्रियतामा पनि उनै अगाडि छन्
राष्ट्रियतामा पनि उनै अगाडि छन्
सूरभन्दा ताल तालभन्दा सूर राम्रो छ
सिङको के कुरा हजुर अझ खुर राम्रो छ
गीत जन्माउन, सङ्गीत जन्माउन
गहिराइमा डुबेर मोती पाउन
परीक्षामा सोधिएका प्रश्नझै गाह्रो हुँदोरैछ
फलामको चिउराझै साह्रो हुँदोरैछ
कठै ! मेरा ऱ्याप गायक मीतज्यू
घोक्रो फुलाउँदाफुलाउँदै वान्ता गर्छन्
पहिलो बेते बाखो बराबर कन्छन्
उनी बौलाइरहन्छन्
सङ्गीत मौलाइरहन्छ
श्रोता फक्रिरहन्छन्, झ‌ङ्कार ओइलाइरहन्छ
हामी नारिन्छौं उनी दाइरहन्छन्
हामी सुन्छौं उनी गाइरहन्छन्
क्या शब्द छ ! क्या भाव छ !
पिएको तर लाग्न बाँकी सराब छ
कान मेरो बुच्चै ल्हासामा सुन
औंसीको रातमा टहटह जून !

ढ्याङ्ग्रो ठोक्छन्, डालो लडाउँछन्
थाल बजार्छन्, सातो उडाउँछन्
एकान्तमा पनि, हुलमूलमा पनि
गम्भीरतामा पनि चुलबुलमा पनि
तपाईं जहाँ जहाँ जानुहोस्
उनकै गीत चलेको छ
घरबारीमा बनकेरा फलेको छ
धान खाने मुसाको
रात लाने उषाको
मुढामा च्याउ उम्रिएको
ढुङ्गामा झ्याउ उम्रिएको
सबका सब सङ्गीत बन्छ
हार्दा हार्दै जीत बन्छ
हामी छौं, मीतज्यू छन् तर बिचरो गीत एक्लै छ
गाँड लाउने र मसार्ने उस्तै छन्
तर जिन्दगीको मजा बेग्लै छ
गीत त गीत मीतज्यूको जस्तो हुनुपर्छ
रुँदारुँदै हास्नुपर्छ, हाँस्दाहाँस्दै रुनुपर्छ
झिँगासरी भुनभुनाउन पनि मिल्ने
पाइखानामा गुनगुनाउन पनि मिल्ने
भक्तजन नभुलून् हरे कृष्ण हरे राममा
नबालून् आगो तातिइन नजाऊन् घाममा
जे गर्नु मीतज्यूका गीतहरूले गर्छन्
जिउँदै स्वर्ग पुर्याउँछन्, वैतरणी तार्छन्
चिसा बनाउँछन् रहरलाई
ताता बनाउँछन् शहरलाई
सङ्गीतको आगो ओकल्छन् उनी
हामी तापिरहन्छौँ
धम्की लाग्ने गरी चिच्याउँछन् उनी
हामी कान थापिरहन्छौं
क्या शब्द छ । क्या भाव छ !
पिएको तर लाग्न बाँकी सराब छ
कृष्णजीको बाँसुरीमा राधिकाको धुन
औंसीको रातमा टहटह जून ।

०००
मनहरी-७, मकवानपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x