साइबर अपराध सम्बन्धी सचेतना सामग्री

निकम्मा भेडाहरूको जमघट !!

पानी र तेज दुवै निख्रेर जवानी खुस्के पनि मनको मदानी घुमाएर सुदूर पूर्वी क्षितिजको एउटा लाजै पचेको नकच्चरो साँढ-भेडो भर्खर भेडाको राजधानी काठमाडौँ छिरेको छ ।

Nepal Telecom ad

चेतनाशून्य यो साँढ
गजधम्म
अग्लो ढिस्कोमाथि
छ- बसेको
भेडाभेडीहरू
चरन चरनमा छन्
निदाएको छ- मस्त ऊ
चिच्याउँछन्- भेडाभेडीहरू

आँखा उघार्छ
अर्कै वथानका वैँसालु भेडीहरू
एकाएक आँखासामु
अचानक परे भने
एकछिन् हेर्छ
फेरि लोलाउँछ
सदावहार
हेर्न
हेरिरहन त
नानीमा पानी हुनुपर्छ
तेज हुनुपर्छ
पानी र तेज दुवै निख्रेर
जवानी खुस्के पनि
मनको मदानी घुमाएर
सुदूर पूर्वी क्षितिजको
एउटा
लाजै पचेको नकच्चरो
साँढ-भेडो
भर्खर
भेडाको राजधानी
काठमाडौँ छिरेको छ ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x