साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कम्युनिष्ट

"ठिक छ त्यसो भए उपाध्यक्ष र महासचिव हाम्रो पार्टीको हुनुपर्छ र चुनावमा सिट बराबरी हुनुपर्छ। हजुर त्यसमा राजी भए हजुर अध्यक्ष होइसियो र म उपाध्यक्ष र मेरो मितज्यू चाहिँ महासचिव। " राजेशले पनि आफ्नो कुरा राख्यो।

Nepal Telecom ad

सुरेशकुमार पाण्डे :

“कामरेड ! हामी यो देशको लागि लडेका छौँ, चानचुने कुरा होइन यो ।” – भिमले राजेशतिर हेर्दै भने।

“हामी पनि त देशकै लागि लडेका छौँ। खेलचारी त हामीले पनि गरेका छैनौँ ।”- राजेशले पनि उस्तै शैलीमा भन्यो।

“तिमीहरू अवसरवाद हौ ! ताक परे रातो नभए हरियोले पनि काम चालाइहाल्छौ तिमीहरू । हामी भनेको कट्टर कम्युनिष्ट हँसिया र हथोडा अंकित रातो झण्डा छ हामीसँग । भिमले झण्डा देखाउँदै भन्यो।

“ठिकै छ तिमीहरू पनि कम्युनिष्ट रहेछौ हामी पनि कम्युनिष्ट हौँ । किन एक्ला एक्लै लड्ने मिलेर लडे सके जीत पनि होला ।”- राजेशले आफूतिर आउन सङ्केत गर्दै भन्यो।

“गरौँ पार्टी एकता तर बलियो एकता हुनुपर्छ नेपालको माटो सुवांउँदो पार्टी निर्माण गरौँ हामी सधैँ तैयार छौँ। तर हामीलाई अवसरवाद भन्नु आकाशतिर थुक्नु जस्तै हो।”- राजशले भन्यो।

“त्यसोभए पार्टीको नाम कम्युनिष्ट र भिम पथ हुनुपर्छ जसले देश र जनताको लागि सधैँ शङ्घर्ष गर्न सकोस्।यदि तिमीहरू तैयार छौ भने पद विभाजन गरौँ र आगामी निर्वाचनमा सिट पनि विभाजन गरेर मैदानमा झरौँ। “- भिमले सबैकुरा टुङ्गाउँदै भन्यो।

“ठिक छ त्यसो भए उपाध्यक्ष र महासचिव हाम्रो पार्टीको हुनुपर्छ र चुनावमा सिट बराबरी हुनुपर्छ। हजुर त्यसमा राजी भए हजुर अध्यक्ष होइसियो र म उपाध्यक्ष र मेरो मितज्यू चाहिँ महासचिव। ” राजेशले पनि आफ्नो कुरा राख्यो।

“ठिक छ पार्टीको विधानमा यही मात्र लेखौँ नेपाल सुहाउँदो कम्युनिष्ट पार्टी गैरमालेमा विचारधारा।”- भिमले आफ्नो सटिकमै घोषणापत्र तैयार पार्न प्रस्ताव राख्यो।

“गैर मालेमा कम्युनिष्ट पार्टी जिन्दा वाद ! जिन्दावाद ! पार्टी एकता जिन्दावाद !”- दुबैजनाले नारा घन्काए ।

०००
०२-०९-२०८२
दाङ, घोराही १८

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परिवर्तनको राज

परिवर्तनको राज

सुरेशकुमार पाण्डे
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
ग्यास

ग्यास

सुरेशकुमार पाण्डे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
पावर

पावर

सुरेशकुमार पाण्डे
निर्णायक को ?

निर्णायक को ?

सुरेशकुमार पाण्डे
महात्म्य

महात्म्य

रामकृष्ण ढकाल
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x