साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मै हुँ चिडियाखाना

कति बेला कोइली बनेर गाउन खोज्छ, कहिले डाँफेझैं नाच्छ त कहिले पिँजडाको सुगा । कहिले कागजस्तो कर्कस बनेको छ, जिन्दगीको अर्थै छैन बुङ्गा हुँ म बुङ्गा ।

Nepal Telecom ad

केशवराज अर्याल :

किन जानुपर्‍यो चिडियाखाना
आउ हेर मलाई
मै हुँ चिडियाखाना ।
सानैदेखि आमाले कुकुर भनिन्,
बाले गधा पाजी,
कसले के के भने सुनाइदिन्छु ।
कति राख्ने बाजी ?

मेरो भाइ बाघ हो भन्दै, बुई चढेर दिदी बन्थी दुर्गा
होमवर्कको निहुँले मिसले बनाइदिन्थिन् मुर्गा ।

छिमेकीले कतिपल्ट लाटोकोसेरो भने,
साथिभाइले नै कतिपल्ट बोका भने ।
भिनाजुले नै कहिलेकाहीँ गोरु भन्थे ।
कुनै काम गर्न आँट्दा दाइले भेडो भन्थ्यो,
अनुहार राम्रो थिएन भाइले च्याङ्रो भन्थ्यो
खान लाग्दा बहिनीले गिद्ध भन्थी मलाई ।
म बोले काका भन्थे, बढी बोल्छ्स् फ्याउरो तँलाई ।

चार वर्षमा एकपल्ट आउँथी भान्जी
आफूलाई मैनाचरी ठान्थी ऊ, मलाई चिम्पान्जी ।
रुख चढ्न सीपालु मलाई कोहि भन्थे लङ्गुर
धुलोमैलोमा खेल्दा, कोहि भन्थे सुङ्गुर ।
भाइबहिनीको नजरमा सिंह भए पनि
गुरुको नजरमा म स्याल हुँ स्याल ।
पुरै चिडियाखाना मै हुँ कान्छी थुनिहाल झ्याल ।

छाउरो भन्दा उहिले छिमेकीको छोरोले कुटाइ खायो ।
मलाई सिंह भन्दा बरु एउटाले मिठाई पायो ।
मलाई डन्की भन्दा अस्ति एउटाको दाँत झर्‍यो ।
मन्की भन्दा हिजो अर्कोको आँखा फुटेर मर्‍यो ।

केटाकेटीको उमेर गैसक्यो, मेरो गैंडा भो ज्यान ।
कालो अक्षर भैंसी बराबर मलाई भनेनी म दिन्न ध्यान ।
कहिले, काग जस्तो बाठो बन्दा धोका खाइयो ।
कहिले, बाख्राझैं बाली चोर्दा ढुङ्गाको पोका खाइयो ।

तिमीले बिरालो जस्तो देखे पनि म बाघ हुँ बाघ ।
धेरै जिस्किँदै नआऊ गर्जुला, बरु भाग ।
तिमीले चाहे, भालु भन चाहे कालो गाई
केही फरक पर्दैन सर्पजस्तो गुजुल्टेको मनलाई ।

कति बेला कोइली बनेर गाउन खोज्छ,
कहिले डाँफेझैं नाच्छ त कहिले पिँजडाको सुगा ।
कहिले कागजस्तो कर्कस बनेको छ,
जिन्दगीको अर्थै छैन बुङ्गा हुँ म बुङ्गा ।

किन जान्छौ तिमी पैसा तिरेर जु
कहिले नागिन बनेर नाच तिमी
कहिले कुकुर भन मलाई ।
म पनि खुट्टा उचालेरै गरिदिन्छु सुसु !

०००
हाल : काेरिया

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चुनावी महाभारत

चुनावी महाभारत

केशवराज अर्याल ‘निश्चल’
बेरोजगारलाई सुनको धाक !

बेरोजगारलाई सुनको धाक !

केशवराज अर्याल ‘निश्चल’
लालपुर्जामा फोटो टाँस्न त पाइन्थ्यो

लालपुर्जामा फोटो टाँस्न त...

केशवराज अर्याल ‘निश्चल’
लुच्चा लफङ्गाहरू

लुच्चा लफङ्गाहरू

बालकृष्ण खनाल
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x