साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सन्तान

सद्भावना बाँडून् सदा पर्दा ठुलो सङ्कष्टमा । सत्प्रेमकाे आओस् कुलो आफन्तका सङ्घारमा।। ठान्छन् बुबाआमा यिनी,हाँस्दै रहून् सामीप्यमा बिग्रिन्छ जो सन्तान त्यो विपत् पऱ्यो मैदानमा ।।

Nepal Telecom ad

देवीप्रसाद मिश्र :

ठान्छन् सदा सन्तान यी सत्कर्ममा लागून् भनी।
संज्ञानले सम्पूर्णकाे सम्भावना खाेज्छन् अनि।।
यस्ता महान् आमाबुबा हुन्छन् भने हाम्रा घर।
ठानाैँ यहीँ वैकुण्ठझैँ सान्निध्यमा छन् ईश्वर ।।१।।

गन्तव्यमा टेकाउने हाम्रा यिनै, हुन् सारथि।
सन्तानले बुझ्ने कुरा हुन्छन् यहाँ धेरै अति।।
आफैँ भयाैँ हामी ठुला,भन्दै,अहम् बाेक्ने जन।
पाखण्ड हुन् संसारका हुन्नन् कुनै यी सज्जन।।२।।

शिक्षा दिए दीक्षा दिए सन्मार्गमा दाैडाउँदै ।
अत्यासमा हामी हुँदा सम्भावना दर्शाउँदै ।।
स्वप्ना थिए हाेलान् कुनै वार्द्धक्यले गाँज्ने सदा।
सान्निध्यमा सन्तान यी चाहिन्छ है यस्तो हुँदा।।३।।

सद्भावना बाँडून् सदा पर्दा ठुलो सङ्कष्टमा ।
सत्प्रेमकाे आओस् कुलो आफन्तका सङ्घारमा।।
ठान्छन् बुबाआमा यिनी,हाँस्दै रहून् सामीप्यमा
बिग्रिन्छ जो सन्तान त्यो विपत् पऱ्यो मैदानमा ।।४।।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
बुबाका आमाका अनुभव …

बुबाका आमाका अनुभव …

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
सबै पाका मान्छे

सबै पाका मान्छे

देवीप्रसाद मिश्र
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
शून्यजस्तै उज्यालो कटेरो

शून्यजस्तै उज्यालो कटेरो

लालबाबु शर्मा पोखरेल
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
मोती हाम्रा …

मोती हाम्रा …

पदम दाहाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

इन्द्रनारायण सुवेदी
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x