साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्धाहरू सबल छन् अब राज्य हाँक्न

सारा युवा अझ वयस्क अगाडिलाई । सद्भावमा मुलुककाे जग फेर्नलाई।। सम्मान्य उच्चपद नै, क्रमले सँभाल्न। वृद्धाहरू सबल छन् अब राज्य हाँक्न ।।

Nepal Telecom ad

देवीप्रसाद मिश्र :

आओस् तुफान घरमा जति गड्गडाई ।
खाेज्दै उपाय अविलम्ब नहड्बडाई।।
च्यापेर बालवनिता परिवेश थाम्न ।
वृद्धाहरू सबल छन् अब राज्य हाँक्न ।।१।।

आफ्ना सबै अनुजका दिल जित्न सक्छन् ।
सम्पूर्णका हृदयकाे खिल झिक्न सक्छन् ।।
आलस्य छैन कहिल्यै गति अग्र ताक्न ।
वृद्धाहरू सबल छन् अब राज्य हाँक्न ।।२।।

हाेलान् विशेष वयमा अझ सत्तरीका ।
झन् कर्ममा अनुभवी परिपक्वताका ।।
चाल्छन् दिमाग परिपूरक शान्ति डाक्न ।
वृद्धाहरू सबल छन् अब राज्य हाँक्न ।।३।।

वृद्धा प्रबुद्धसरि साधक साधनामा ।
सामार्थ्यका प्रबल छन् नवयाेजनामा।।
छन् न्यायमा नजर सत्य असत्य जाँच्न।
वृद्धाहरू सबल छन् अब राज्य हाँक्न ।।४।।

छाेरी बनेर पहिले घरकी, पियारी।
सद्भाव साथ परकी बनिदै बुहारी।।
आमा बनेर पछिका दिन नाम राख्न।
वृद्धाहरू सबल छन् अब राज्य हाँक्न ।।५।।

सारा युवा अझ वयस्क अगाडिलाई ।
सद्भावमा मुलुककाे जग फेर्नलाई।।
सम्मान्य उच्चपद नै, क्रमले सँभाल्न।
वृद्धाहरू सबल छन् अब राज्य हाँक्न ।।६।।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
सबै पाका मान्छे

सबै पाका मान्छे

देवीप्रसाद मिश्र
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
घरघर जब छोरी रम्दछन् स्वर्ग हुन्छ

घरघर जब छोरी रम्दछन्...

देवीप्रसाद मिश्र
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

देवीप्रसाद मिश्र
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

हरिप्रसाद रिमाल
पाकाहरूबाट सिकाैँ (४)

पाकाहरूबाट सिकाैँ (४)

घनश्याम रेग्मी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

भगवतीप्रसाद शर्मा
हातमा हम्मर लिएर

हातमा हम्मर लिएर

भावना न्याैपाने
पाकाहरूबाट सिकाैँ (३)

पाकाहरूबाट सिकाैँ (३)

घनश्याम रेग्मी
0
Would love your thoughts, please comment.x
()
x