साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फाँकी -भाेट -६

जङ्गलमा पालमुनि बस्नुपर्ने हुन्न टावरमा बसाइन्छ भाेट दिएमा । सुकुम्बासी लालपुर्जा छाप्नमात्र बाँकी फटाफटी बाँडिनेछ भाेट दिएमा ।

Nepal Telecom ad

पुरूषाेत्तम सिग्देल :

स्वर्ग यहीँ झारिद्यूँला भाेट दिएमा
दु:ख कष्ट टारिद्यूँला भाेट दिएमा

दैलेखकाे ग्यासटुटी घरै पु-याऊँला
प्याट्ट थिच्याे बल्छ चुह्लाे भाेट दिएमा

काठमान्डु पाेखरामा दाैडाइन्छ रेल
फेवाताल शैर गर भाेट दिएमा

जहाजका टिकट किन्न कार्यालय जाऊ
कलकत्ता मस्त घुम्नू भाेट दिएमा

लाेकमार्ग पूर्वदेखि पश्चिमका सम्म
माेनाेरेल दाैडाइन्छ भाेट दिएमा

कुनै नदी तुइनले तर्नुपर्ने छैन
काटिनेछ पूल जाेड्न भाेट दिएमा

जङ्गलमा पालमुनि बस्नुपर्ने हुन्न
टावरमा बसाइन्छ भाेट दिएमा

नदी किनारका बस्ती बग्न दिने छैनाै
नदीधार फर्काइन्छ भाेट दिएमा

सुकुम्बासी लालपुर्जा छाप्नमात्र बाँकी
फटाफटी बाँडिनेछ भाेट दिएमा

अशक्त र वृद्धवृद्धा भत्ता दिने पैलाे
चिह्न सके थपिद्यूँला भाेट दिएमा

गुप्त कुरा भनिदिऊँ नहाेस् तर हल्ला
नाेट बिट्टा भरिद्यूँला भाेट दिएमा ।

०००
२०८२/११/१ ।
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
के भयाे ?

के भयाे ?

पुरूषाेत्तम सिग्देल
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x