फित्काैली डटकमब्राजिलमा हास्यव्यङ्ग्यको विश्व सम्मेलन : फित्कौलीको अगुवाईमा रणनीतिक तयारी
हरेक वर्ष फरक फरक देशमा सम्पन्न हुँदै आएको विश्व सम्मेलनमा विश्वभरिका हास्यव्यङ्ग्य लेखक, कवि, कलाकार, हास्यव्यङग्यका अनुसन्धाता एवम् विश्लेषकहरूको अभूतपूर्व जमघट हुनेछ ।
काठमाडौंं । विगत ३३ वर्षदेखि आयोजित हुने गरेको हास्यव्यङ्ग्यको विश्व सम्मेलन यो वर्ष आगामी जुलाई ६–१०, २०२६ मा ब्राजिलको निटेरोइ शहरमा हुने भएको छ ।
हरेक वर्ष फरक फरक देशमा सम्पन्न हुँदै आएको विश्व सम्मेलनमा विश्वभरिका हास्यव्यङ्ग्य लेखक, कवि, कलाकार, हास्यव्यङग्यका अनुसन्धाता एवम् विश्लेषकहरूको प्रतिनिधिमूलक अभूतपूर्व जमघट हुनेछ ।
सम्मेलनमा विभिन्न देशबाट प्रतिनिधित्व गर्दै पुगेका प्रतिनिधिबाट दर्जनौ ‘पेपर’हरू (अनुसन्धान र विश्लेषणपरक कार्यपत्रहरू) प्रस्तुत गरिन्छन् । तिनमाथि समूहगत छलफल हुन्छन् । विख्यात हास्यव्यङ्ग्य स्रष्टा एव कलाकर्मीहरुबाट सिर्जना र कला प्रस्तुत गरिन्छ । आआफ्नो देशका हास्यव्यङ्ग्यीय कला र संंस्कृतिहरूको आदाप्रदान गरिन्छ । उत्कृष्टतम् हास्य सिर्जना र कलालाई पुरस्कृत तथा सम्मानित गरिन्छ ।
यस वर्ष आयोजित हास्यव्यङ्ग्यको यो विश्वमञ्चमा नेपालबाट प्रभावकारी सहभागिता र प्रस्तुति रहन सकोस् भन्ने उद्धेश्य लिएर फित्कौली अनलाइन मिडियाले आधारभूत र आवश्यक पहलकदमी लिएको छ ।
विश्व सम्मेलन केन्द्रित रहेर फित्कौलीको संयोजनमा लगातार छलफल तथा विमर्श कार्यक्रमहरु भइरहेका छन् । हाल सम्म दुई वटा भर्चुअल विमर्श बैठकहरु सम्पन्न भएका छन् ।
पछिल्लाे कार्यक्रममा हास्यव्यङ्ग्य सम्बद्ध दुइ दर्जन जति हास्यव्यङ्ग्य सिर्जनाकर्मी एवम् कलाकारहरू सहभागी भएका थिए । सहभागीहरूलाई स्वागत गर्दै फित्कौलीका सम्पादक नरनाथ लुइँटेलले विश्व सम्मेलनमा सक्रिय र प्रभावपूर्ण उपस्थितिका लागि आव्हान गर्नु भयो ।
डा. नवराज खतिवडाले सम्मेलनमा सहभागी हुनुपूर्व पूरा गर्नु पर्ने विधि र प्रकियाका बारेमा जानकारी दिँदै आयोजक संस्थाको स्थायी सचिवालयसँग सम्पर्क र पत्राचार आरम्भ भइसकेको जानकारी दिनु भएको थियो ।

विमर्श कार्यममा नेपालबाट प्रस्तुत गरिन सकिने सम्भाव्य विषय र त्यसको सारांंश लेखनको जिम्मेवारी बारेमा छलफल भएको थियो । विषयका बारेमा अझै मसिनो गरी केही अध्ययन–अनुसन्धान गरेर मात्र टुङ्गो पुग्नु पर्ने आवश्यकत महसुस गरिएको छ ।
त्यसै गरि सम्मेलनमा सहभगिता शुल्कसहित आवश्यक खर्च जुटाउने विविध स्रोतहरूका बारेमा पनि छलफल गरिएको थियो ।
विमर्श कार्यक्रममा डा.भरत भट्टराई, चटयाङ मास्टर, डा. गोविन्दराज भट्टराई, शरदचन्द्र वस्ती, होम सुवेदी, डा. राजेन्द्रप्रसाद अधिकारी, प्रमोद अमात्य, डा. हरिप्रसाद सिलवाल, भोजराज अर्याललगायतले सम्मेलन सम्बन्धी विविध जिज्ञासा राख्दै आफ्ना विचार प्रस्तुत गर्नु भएको थियो भने कार्टुनिस्ट राजेश मानन्धर, गायत्री लम्साल, मुकुन्द अर्याल, मुखाले रेग्मी, डिल्लीप्रसाद मूलतिहुन, काशीनाथ मिश्रित आदिकोे सहभागिता रहेको थियो ।
गत वर्ष पोल्याण्डमा सम्पन्न विश्व सम्मेलनमा नेपालबाट वरिष्ठ हास्यव्यङ्ग्यकार प्रा.रामकुमार पाँडे सहभागी हुनुभएको थियो । प्रा.पाँडेले ‘ह्युमर थेरापी’ विषयमा केन्द्रित रहेर तयार गरिएको कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
हास्यव्यङ्ग्यमा क्रियाशील व्यक्तित्वहरू मध्येबाट स्वतन्त्र रूपमा यस विश्व सम्मेलनमा सहभागी हुन सकिने प्रावधान पनि रहेको छ । इच्छा राख्नेहरूको निम्ति कार्यपत्रको विषय चयन, लेखन, प्रस्तुतीकरणका साथै पूरा गर्नु पर्ने विधि र प्रक्रियाका लागि फित्कौली अनलाइन मिडियाले सहजीकरण गर्ने भएको छ । यस सम्बन्धी थप जानकारीका निम्ति तलको मेलमा आफ्ना जिज्ञासा जाहेर गर्न सकिने छ ।
मेल सम्पर्क : fitkauli.online@gmail.com
०००





































शुभकामना !
शुभकामना छ 🌹