साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाेस् वृद्धबेला सुखकाे निसान

यी शास्त्र भाषा तिनले कुँदेका संस्कार शैली पनि हुन् बुनेका बाँचाेस् सधैँ हिम्मत याेगदान हाेस् वृद्धबेला सुखकाे निसान ।

Nepal Telecom ad

टीका आत्रेय :

आँधी हुरी वा असिना पछारी
बाजे बराज्यू युगका चिनारी
सुम्पेर जान्छन् सुनका बिहान
हाेस् वृद्धबेला सुखकाे निसान ।

चट्टान फाेडी जरुवा रसाए
अन्नादि फल्ने पसिना बगाए
हुन् लक्ष्य पुग्ने पथ वा उडान
हाेस् वृद्धबेला सुखकाे निसान ।

जाेतेर हड्डी पटुकी कसेर
खाई नखाई नसुती बसेर
याे विश्व हाँक्ने तिनकाे अडान
हाेस् वृद्धबेला सुखकाे निसान ।

बाेकेर अग्ला हिमका पहाड
पन्छाउँदै जीवन अन्धकार
याे उच्चताकाे रचियाेस् सुगान
हाेस् वृद्धबेला सुखकाे निसान ।

संसार जित्ने अवतार ती हुन्
धर्ती निखार्ने उपचार ती हुन्
त्याे मूल्य बाँचाेस् नसुकाेस् मुहान
हाेस् वृद्धबेला सुखकाे निसान ।

यी शास्त्र भाषा तिनले कुँदेका
संस्कार शैली पनि हुन् बुनेका
बाँचाेस् सधैँ हिम्मत याेगदान
हाेस् वृद्धबेला सुखकाे निसान ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

इन्द्रनारायण सुवेदी
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
बुबा

बुबा

विदुर अधिकारी
पाका तथा बालक छन् बिहाल

पाका तथा बालक छन्...

वेदप्रसाद रिजाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
0
Would love your thoughts, please comment.x
()
x