साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विचारपथका चेलाहरू हाे सुन

आगाेबाट निखारिएर सुनले साैन्दर्य टल्काउँछ पानीबाट उठेर बल्छ बिजुली संसार झल्काउँछ सारा ज्ञान विवेक वृद्धहरूकै विज्ञान हाे आर्जन पाका सारद हुन् विचारपथका चेलाहरू हाे सुन।

Nepal Telecom ad

टीका आत्रेय :

माटाे हाे गुरुमन्त्र ज्ञान कुटुराे पाकाहरूले खने
हावा जीवनमन्त्र हाे प्रकृतिको पाकाहरूले भने
जन्माए नवचेतना सफरकाे बाधा हटाईकन
पाका सारद हुन् विचारपथका चेलाहरू हाे सुन

ढुङ्गाबाट उठेर यन्त्रजगकाे निर्माण थाल्ने उनै
ओैँला हात समाउँदै समयकाे डुङ्गा उतार्ने तिनै
गाेरेटाे तिनकै हिँडी सडकले यात्रा सक्याे सुम्पिन
पाका सारद हुन् विचारपथका चेलाहरू हाे सुन

आभारी हुनुपर्छ वृद्धजनमा आधार लेख्ने उनै
झाडी जङ्गलबाट दीर्घ पथ वा गन्तव्य देख्ने तिनै
आँधीबाट उठेर अस्त्र झरिला ओैजार सक्ने छुन
पाका सारद हुन् विचारपथका चेलाहरू हाे सुन

काेदालाे फरुवा हलाे र हँसिया हुन् पाठशाला भनी
खाेस्रे जीवनखाेरिया र बनिए संस्कार सञ्जीवनी
पन्छाए अवराेध आगमनकाे डाकेर नाैलाे दिन
पाका सारद हुन् विचारपथका चेलाहरू हाे सुन

आगाेबाट निखारिएर सुनले साैन्दर्य टल्काउँछ
पानीबाट उठेर बल्छ बिजुली संसार झल्काउँछ
सारा ज्ञान विवेक वृद्धहरूकै विज्ञान हाे आर्जन
पाका सारद हुन् विचारपथका चेलाहरू हाे सुन।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुबाआमाका अनुभव सिकौँ

बुबाआमाका अनुभव सिकौँ

चेवनचन्द्र बस्नेत
मातापिता निधि दुई

मातापिता निधि दुई

बिन्दु दहाल ‘मूकदर्शक’
बुबाका आमाका अनुभव …

बुबाका आमाका अनुभव …

देवीप्रसाद मिश्र
वृद्धवृद्धा सबै …

वृद्धवृद्धा सबै …

दुष्यन्त भट्टराई
0
Would love your thoughts, please comment.x
()
x