फित्काैली डटकमनेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा ‘प्रज्ञा-नारी काव्य सङ्गोष्ठी’ आयाेजना
कार्यक्रममा महाकाली नगरपालिका दार्चुला, डिलासैनी गाउँपालिका बैतडी,अपि हिमाल गाउँपालिका दार्चुला र राष्ट्रिय संरक्षण अभियान सहयोगी भूमिकामा रहेको थियो ।

दार्चुला । नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा ‘सुदूरपश्चिम प्रदेशस्तरीय प्रज्ञा-नारी काव्य सङ्गोष्ठी सम्पन्न भयाे ।
दार्चुलाको खलङ्गामा गायन, कार्यपत्र प्रस्तुति तथा पूरक व्याख्या’ विषयक कार्यक्रम पहिलोपटक प्रज्ञा-प्रतिष्ठान साहित्य (पद्य / काव्य विभाग) को आयोजना र स्थानीय संस्था ‘मानसखण्ड गुरुकुल’को सहआयोजनामा भव्यतापूर्वक सम्पन्न भएको हाे ।
कार्यक्रममा महाकाली नगरपालिका दार्चुला, डिलासैनी गाउँपालिका बैतडी,अपि हिमाल गाउँपालिका दार्चुला र राष्ट्रिय संरक्षण अभियान सहयोगी भूमिकामा रहेको थियो ।

प्रमुख अतिथि कुलपति राईले ब्यानर वाचन गरेर दार्चुला बहुमुखी क्याम्पसको सभाकक्ष खलङ्गा बजारमा आयोजित उक्त कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो ।
कुलपति राईले ‘सबै भाषा सबै ज्ञान : सबैको प्रज्ञा-प्रतिष्ठान´भन्ने मूलमन्त्रलाई आत्मसात् गर्दै नेपालको दुरदराजमा रहेको खलङ्गा बजारमा आएर ‘सुदूरपश्चिम प्रदेशस्तरीय प्रज्ञा-नारी काव्य सङ्गोष्ठी’पहिलोचोटि आयोजना भएकामा गौरवबोध भएको बताउनु भयाे ।
सुदूरपश्चिम प्रदेशमा डोटेली, नेपाली, थारु, बैतडेली, अछामी, बझाङी, मगर लगायतका विभिन्न मातृभाषा छन्। यी सबै भाषा र तिनका साहित्य ,संस्कृति र इतिहासको जगेर्ना गर्न प्रज्ञा-प्रतिष्ठानको दायित्वभित्र पर्ने कुरामा कुलपति राईले जोड दिनुभएको थियो । साथै यहाँका स्थानीय मातृभाषामा कविता सुन्न पाउँदा आफूलाई ‘सबै भाषा : सबै ज्ञान सबैको प्राज्ञ प्रतिष्ठा´भन्ने उद्घोषक सार्थक भएको विचार प्रकट गर्नुभएको थियो ।
विशेष अतिथि, नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा काव्य विभाग प्रमुख बाबा बस्नेतले सुदूरपश्चिम प्रदेशस्तरीय प्रज्ञा-नारी काव्य सङ्गोष्ठीले यस प्रदेशका सबै जिल्ला,पालिका र गाउँ समेतलाई समेटेको बताउँदै केन्द्रीय राजधानी काठमाडौँको पहुँचभन्दा निकै टाढा रहेको खलङ्गामा कार्यक्रम गर्न प्रज्ञा-प्रतिष्ठान आएको बताउनु भयाे ।
दार्चुला बहुमुखी क्याम्पसका प्रमुख नरेन्द्रराज अवस्थीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा महाकाली नगरपालिकाका प्रमुख नरसिं सुर, दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेल, दार्चुला जिल्ला समन्वय समिति प्रमुख महादेव बडु लगायतका अतिथिहरूले शुभकामना मन्तव्य प्रस्तुत गर्नुभएको थियोे।
प्रज्ञा-प्रतिष्ठान कुलपति सचिवालयका कर्मचारी सदस्य तथा कवि राधा कार्की दुलाल लगायतको उपस्थिति रहेको थियो।
सुदूरपश्चिम प्रदेशका कविहरूद्वारा नेपाली, डोट्याली, अछामी, बैतडेली लगायतका मातृभाषामा कविता प्रस्तुत गरिएको थियो।कविता वाचन गर्न कञ्चनपुर, अछाम , डोटी, बैतडी, डडेलधुरा, दार्चुला र कैलाली लगायतका जिल्लाबाट नारी कविहरूको उपस्थिति रहेको थियो ।
०००
दुरबिन शर्मा विवेककाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest







































