साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुबाका आमाका अनुभव सिकी…

पखेटामा च्यापी पवनपथकाे रक्षक बने उनैका गाेडाले हिमशिखरका अक्षर चिने बचाओैँ पुर्खाका असल गरिमा मन्थन गुनाैँ बुबाका आमाका अनुभव सिकी सक्षम बनाैँ ।

Nepal Telecom ad

टीका आत्रेय :

न हुन्थ्याे पृथ्वीकाे अनुपम छटा सुन्दर छवि
न खुल्थे धर्तीमा झलल नभका चन्द्र र रवि
बसाए स्रष्टाले प्रकृतिघर भन्ने बरु बुझाैँ
बुबाका आमाका अनुभव सिकी सक्षम बनाैँ ।

लुकाए आँखामा जलनद कुवा ताल तनका
लुकाए छातीमा जलन जति छन् अग्नि मनका
नबिर्साैँ पुर्खाकाे रगत पसिना मर्म नभुलाैँ
बुबाका आमाका अनुभव सिकी सक्षम बनाैँ ।

बनाए चाैतारा बरपिपलझैँ शीतल भए
बने पाटी पाैवा युग सफरकाे लक्ष्य बनिए
उनैका श्रद्धामा शिर निहुरियाेस् कर्म नभुलाैँ
बुबाका आमाका अनुभव सिकी सक्षम बनाैँ ।

उनैका न्यानाेमा रविकिरणका विम्ब उनिए
उनैका वीणामा ऋतु रसिकका गीत बुनिए
सुसेलामा सङ्लाे लयहृदयकाे सप्तक सुनाैँ
बुबाका आमाका अनुभव सिकी सक्षम बनाैँ ।

पखेटामा च्यापी पवनपथकाे रक्षक बने
उनैका गाेडाले हिमशिखरका अक्षर चिने
बचाओैँ पुर्खाका असल गरिमा मन्थन गुनाैँ
बुबाका आमाका अनुभव सिकी सक्षम बनाैँ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

जगदीश्वर पाेखरेल
शून्यजस्तै उज्यालो कटेरो

शून्यजस्तै उज्यालो कटेरो

लालबाबु शर्मा पोखरेल
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
मोती हाम्रा …

मोती हाम्रा …

पदम दाहाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x