साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उपन्यासकार दुर्गा काफ्लेको कृति ‘अनुराग र वियोग’ लोकार्पण

कार्यक्रम संस्थाका अध्यक्ष बिन्दु दहाल मूकदर्शकको अध्यक्षतामा, वरिष्ठ साहित्यकार प्रा.डा. गोविन्दराज भट्टराईको प्रमुख आतिथ्यतामा र दमक प्रज्ञा प्रतिष्ठानका अध्यक्ष डा. गोपालप्रसाद भण्डारीको विशिष्ठ आतिथ्यतामा सुसम्पन्न ।

Nepal Telecom ad

दमक, झापा । साहित्यकला सङ्गम दमक झापाले एक भव्य कार्यक्रमका बिच पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न गरेको छ ।

साहित्य कला सङ्गमका उपाध्यक्ष समेत रहेकी साहित्यकार तथा उपन्यासकार दुर्गा खनाल काफ्लेको कृति “अनुराग र वियोग” को लोकार्पण कार्यक्रम गोर्खा डिपाटमेन्टको हलमा भव्य रूपमा सुसम्पन्न गरिएको छ ।

उक्त कार्यक्रम संस्थाका अध्यक्ष बिन्दु दहाल मूकदर्शकको अध्यक्षतामा, वरिष्ठ साहित्यकार प्रा.डा. गोविन्दराज भट्टराईको प्रमुख आतिथ्यतामा र दमक प्रज्ञा प्रतिष्ठानका अध्यक्ष डा. गोपालप्रसाद भण्डारीको विशिष्ठ आतिथ्यतामा सुसम्पन्न भएको हो ।

कृतिको विषयमा साहित्यकारहरु शिव रेग्मी प्रणत र भीम दहालले समीक्षात्मक टिप्पणी गर्नु भएको थियो । कार्यक्रममा दमक प्रज्ञा प्रतिष्ठानका पूर्व अध्यक्ष तथा सल्लाहकार हेम अधिकारी , दमक क्याम्पसका पूर्व क्याम्पस प्रमुख, साहित्य कला सङ्गमका सल्लाहकार डा उत्तम भट्टराई, संस्थाका सल्लाहाकार सदस्य पुस्ता राई, प्रतिभा निकेतनका अध्यक्ष कमलराज भट्टराई, मिक्लाचोङ साहित्य समाज अध्यक्ष इन्द्र घिमिरे, नेपाली साहित्य समाज उर्लावारीका अध्यक्ष यज्ञ परिश्रमी, नवनासो प्रतिष्ठान धरमपुरका अध्यक्ष दिलिप घिमिरेको गरिमामय उपस्थिति रहेको थियो ।

कोशी साहित्य प्रतिष्ठानका अध्यक्ष केशु बिरही, उर्जाशLल साहित्य कला प्रतिष्ठान चारपानेका अध्यक्ष डि .पी.शर्मा, प्रगतिवादी समालोचक प्रा.डा. बद्री बिशाल पोखरेल, छथर साहित्य समाजका अध्यक्ष दिनेश थापा ,प्राज्ञ सुमित्रा वाङ्देल चेली र प्राडा.गोपालप्रसाद भण्डारीले शुभकामना मन्तव्य राख्नु गर्नु भएको थियो ।

यसरी नै कवि तथा साहित्यकारहरु डा. खगेन्द्रप्रसाद दहाल, मिना अधिकारी, चिरञ्जीवी काफ्ले, विवश बलीभद्र कोईराला, रोशन यात्री लगायतले रचना वाचन गर्नु भएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य संस्था उपाध्यक्ष यादवप्रसाद अधिकारी झाक्रीखोलेले राख्नु भएको थियो भने स्वागत गीत र साङ्गीतिक प्रस्तुति सुरसुधा संगीत विद्यालयको तर्फबाट संस्थाकी उपाध्यक्ष चन्द्रा गडतौलाको टिमले प्रस्तुत गरेको थियो ।

कार्यक्रमको सन्चालन साहित्य कला सङ्गमका महासचिव ओमप्रसाद खनालले गर्नुभएको थियो । कार्यक्रममा झापा, मोरङ्ग, सुनसरी, ईलाम र तेह्रथुमका साहित्यकारहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा करिब तीन सय स्रष्टाहरुको उपस्थिति रहेको थियो । उपन्यासकार दुर्गा खनाल काफ्लेको यो चौथो कृति हो । यसअधि मनको विचलन, प्रेम सरोवर र चाँदनी उपन्यास बजारमा आइसकेका छन् ।

०००
बिन्दु दहाल मुकदर्शककाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x