साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

आराधना समयकाे नवचित्र काेर्ने सम्भावना समयकाे नवमार्ग रच्ने यी स्तम्भ हुन् धवल हुन् युगबाेध धाम यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम ।

Nepal Telecom ad

टीका आत्रेय :

झर्दै गए शिशिरका दलझैँ उमेर
घट्दै छ आयु अब जीवन छैन धेर
सन्ताननिम्ति सब दु:ख पिए तमाम
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

बाेकेर भार शिरमा जगकाे भलाइ
गाेडेर आचरणका बिरुवा जगाई
सुम्पे सनातन कुरा नवकृष्ण राम
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

हुन् शब्द अक्षर र हुन् इतिहास जम्मै
संस्कार धर्म सबका अभियान जम्मै
निर्माण वा पथप्रदर्शक जे छ नाम
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

विज्ञान ज्ञान र कला यिनले खिपेका
यी शास्त्र दर्शन सबै यिनले कुँदेका
छन् पूज्य देवसरिका करुणा निदान
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

आराधना समयकाे नवचित्र काेर्ने
सम्भावना समयकाे नवमार्ग रच्ने
यी स्तम्भ हुन् धवल हुन् युगबाेध धाम
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम ।
०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अब आसिकले परिपूर्ण भयौँ

अब आसिकले परिपूर्ण भयौँ

दीनानाथ पाेखरेल
सधैँ ज्येष्ठसाथ !

सधैँ ज्येष्ठसाथ !

कविराज घिमिरे
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

बिन्दु दहाल ‘मूकदर्शक’
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

चेवनचन्द्र बस्नेत
दसैँ मान्न पाऊँ सधैं ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैं...

कमला पन्थी अधिकारी
0
Would love your thoughts, please comment.x
()
x