साइबर अपराध सम्बन्धी सचेतना सामग्री

होस् वृद्धबेला सुखको निसान

गीता पढी सार प्रसार गर्नू जे बोल्दछौ त्यो व्यवहार गर्नू राख्नू भलो दिव्य स्वभाव जान होस् वृद्धबेला सुखको निसान ।

Nepal Telecom ad

विदुर अधिकारी :

हे ! वृद्ध हो नित्य विचार गर्नू
लोभी बनी यो जगमा नचर्नू
राख्नू खुसी ती घरका जहान
होस् वृद्धबेला सुखको निसान ।

कामान्ध भै कामुकता धरेर
भोगी नबन्नू ममता हरेर
यो जिन्दगीमा भर दिव्य ज्ञान
होस् वृद्धबेला सुखको निसान ।

सन्तोष राखीकन कर्म गर्नू
चिप्ला कुराका भरमा नपर्नू
त्यो आत्ममा होस् बलियो इमान
होस् वृद्धबेला सुखको निसान ।

दम्भी बनी त्रास हुँदैन घोल्नू
अन्यायको पक्ष लिई नबोल्नू
योगी बनी गर्नु छ नित्य ध्यान
होस् वृद्धबेला सुखको निसान ।

गीता पढी सार प्रसार गर्नू
जे बोल्दछौ त्यो व्यवहार गर्नू
राख्नू भलो दिव्य स्वभाव जान
होस् वृद्धबेला सुखको निसान ।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्ध भए पनि जो जन पूज्य छ

वृद्ध भए पनि जो...

विदुर अधिकारी
लागेछ असार

लागेछ असार

विदुर अधिकारी
सासू-मुमा

सासू-मुमा

विदुर अधिकारी
वृद्ध जोडी

वृद्ध जोडी

विदुर अधिकारी
वृद्ध जोडी

वृद्ध जोडी

विदुर अधिकारी
पाका युवा बालक छन् बिहाल

पाका युवा बालक छन्...

चेवनचन्द्र बस्नेत
पाका युवा बालक छन् बिहाल !

पाका युवा बालक छन्...

घनश्याम रेग्मी
मलाई लिन आऊ छोरा

मलाई लिन आऊ छोरा

भावना न्याैपाने
राखून् सद्भाव पाका परिजनबिचमा

राखून् सद्भाव पाका परिजनबिचमा

विद्या अनामिका तिवारी
0
Would love your thoughts, please comment.x
()
x