साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्ध जोडी

यही भन्दा भन्दै, झट्ट निद्रा खुले छ अहो कस्तो स्वप्ना, रातमा देखिएछ पर्‍यो सुर्ता धेरै, फोन झट्टै लगाएँ बुबाआमा सन्चै, छन् भनी सुन्न पाएँ ।

Nepal Telecom ad

विदुर अधिकारी :

गरी काँ काँ कौवा, बेसरी नै करायो
सुनी चर्को बोली, होस मेरो हरायो
भयो के लौ भन्दै, सोध्न थालेँ डराई
अझै सर्दै कौवा, भन्न थाल्यो मलाई ।

गइस् स्वार्थी बन्दै, दिव्य यो देश छाडी
भए बाबा आमा, यातनाका विहारी
तँ होस् पापी घाती, घुर्दछस् के सुतेर
रुँदै छन् कौसीमा, वृद्ध जोडी बसेर ।

अरे कौवा आइस्, सुन् म भन्दै छु राज
गरेँ धेरै धामा,किन्तु सुल्झेन काज
त्यसैले त्यो बस्ती, वृद्ध जोडीसमेत
सबै छाडी आएँ, दूरको यो विदेश ।

थियो पाखो बारी,साहुको बन्धकी भो
र आमाको सारी थोत्रिँदै च्यातिँदैथ्यो
यिनै पीडा बोकी, हेलिएँ यो विदेश
मलाई ता लाग्छन्, वृद्धवृद्धा विशेष ।

म कौवाले राखेँ, चित्त दुख्ने भनाइ
गरेँ बिन्ती झुक्दै, “माफ देऊ मलाई”
समस्याको घारी, फाँड्नलाई विदेश
गएँ भन्दा रोयो, चित्त मेरो विशेष ।

तिमी प्यारो कौवा, मित्र ठान्दै छु ज्ञानी
यही नै हो हाम्रो, बाध्यताको कहानी
तिमीले जे देख्यौ,सत्य हो आज मान्छु
गई बाबा आमा, वृद्धलाई समाल्छु ।

यही भन्दा भन्दै, झट्ट निद्रा खुले छ
अहो कस्तो स्वप्ना, रातमा देखिएछ
पर्‍यो सुर्ता धेरै, फोन झट्टै लगाएँ
बुबाआमा सन्चै, छन् भनी सुन्न पाएँ ।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्ध भए पनि जो जन पूज्य छ

वृद्ध भए पनि जो...

विदुर अधिकारी
लागेछ असार

लागेछ असार

विदुर अधिकारी
सासू-मुमा

सासू-मुमा

विदुर अधिकारी
वृद्ध जोडी

वृद्ध जोडी

विदुर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x