साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्ध जोडी

यही भन्दा भन्दै, झट्ट निद्रा खुले छ अहो कस्तो स्वप्ना, रातमा देखिएछ पर्‍यो सुर्ता धेरै, फोन झट्टै लगाएँ बुबाआमा सन्चै, छन् भनी सुन्न पाएँ ।

Nepal Telecom ad

विदुर अधिकारी :

(कौवासँगको संवाद)

गरी काँ काँ कौवा, बेसरी नै करायो
सुनी चर्को बोली, होस मेरो हरायो
भयो के लौ भन्दै, सोध्न थालेँ डराई
अझै सर्दै कौवा, भन्न थाल्यो मलाई

गइस् स्वार्थी बन्दै,दिव्य यो देश छाडी
भए बाबा आमा, यातनाका विहारी
तँ होस् पापी घाती, घुर्दछस् के सुतेर
रुँदै छन् कौसीमा, वृद्ध जोडी बसेर

अरे कौवा आइस्, सुन् म भन्दै छु राज
गरेँ धेरै धामा, किन्तु सुल्झेन काज
त्यसैले त्यो बस्ती, वृद्ध जोडीसमेत
सबै छाडी आएँ, दूरको यो विदेश

थियो पाखो बारी, साहुको बन्धकी भो
र आमाको सारी थोत्रिँदै च्यातिँदैथ्यो
यिनै पीडा बोकी, हेलिएँ यो विदेश
मलाई ता लाग्छन्, वृद्धवृद्धा विशेष

म कौवाले राखेँ, चित्त दुख्ने भनाइ
गरेँ बिन्ती झुक्दै, “माफ देऊ मलाई”
समस्याको घारी, फाँड्नलाई विदेश
गएँ भन्दा रोयो, चित्त मेरो विशेष

तिमी प्यारो कौवा, मित्र ठान्दै छु ज्ञानी
यही नै हो हाम्रो, बाध्यताको कहानी
तिमीले जे देख्यौ, सत्य हो आज मान्छु
गई बाबा आमा, वृद्धलाई समाल्छु

यही भन्दा भन्दै, झट्ट निद्रा खुले छ
अहो कस्तो स्वप्ना, रातमा देखिएछ
पर्‍यो सुर्ता धेरै, फोन झट्टै लगाएँ
बुबाआमा सन्चै, छन् भनी सुन्न पाएँ ।

०००
चितवन

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Hirananda
Hirananda
6 months ago

उत्कृष्ट सिर्जना !!

Nepal Telecom ad
वृद्ध भए पनि जो जन पूज्य छ

वृद्ध भए पनि जो...

विदुर अधिकारी
लागेछ असार

लागेछ असार

विदुर अधिकारी
सासू-मुमा

सासू-मुमा

विदुर अधिकारी
वृद्ध जोडी

वृद्ध जोडी

विदुर अधिकारी
1
0
Would love your thoughts, please comment.x
()
x