मरुभूमि नारायणकति उपद्रो जानेका हुन् ?
यिनै बस्छन् सुनको महलमा तिनै छन् धनी छैन लाज छिन आफूर्लाई सर्वहारा देखाछन् । भोट माग्नु नै छ कतै रोएर कतै खुट्टा ढोगेर ती जनतालाई कतै घर कतै टहरा देखाछन् ।

मरुभूमि नारायण :
मान्छेले ठाउँ ठाउँमा आफ्नो पारा देखाछ्न्
औँसीमा जून अनि पूर्निमामा तारा देखाछन् ।
जान्न नि कति उपद्रो जानेका हुन् साथी हो ?
जहाँ माटो मात्रै छ त्यहाँ ढुंगे धारा देखाछन् ।
जित्नु नै छ चुनाब छारो हालेर झुटो बोलेर
कमिलो हिड्ने बाटोलाई कल धारा देखाछन् ।
कसैले बंगुर बोक्याछन् कसैले सुंगुर पनि
जेहोस् जनतालाई आफ्नो सहारा देखाछ्न् ।
नांगै हिड्नेले धोती लगाए धोती लाउनेले फुस्काए
दुनियामा कसैले नदेखाको नखरा देखाछन् ।
जसरी पनि कागलाई बकुल्लो बनाउनु नै छ
कही धम्कीले नभएर गिंजा बंगारा देखाछन् ।
भालु रे अझ स्याल रे अझ यिनकै हुँइया छ
कतै आँखा झिम्क्याछन् कतै दारा देखाछन् ।
यिनै बस्छन् सुनको महलमा तिनै छन् धनी
छैन लाज छिन आफूर्लाई सर्वहारा देखाछन् ।
भोट माग्नु नै छ कतै रोएर कतै खुट्टा ढोगेर
ती जनतालाई कतै घर कतै टहरा देखाछन् ।
समथर ठाउँ प्लटिङ गरेर खाइसके सबैतिर
खेतीयोग्य जमिन भनेर खोला बगर पहरा देखाछन् ।
०००
तनहुँ
Subscribe
Login
0 Comments
Oldest





































