साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लागेछ असार

रोपारेसँग ओढेर घुम, मेलामा धाउँदा धरतीभरि रौनक आयो, सत्कर्म छाउँदा झझल्को आयो, दहीचिउरा खाएको अचार बादलु घुम्टो , खोलेर हेर्दा, लागेछ असार।

Nepal Telecom ad

विदुर अधिकारी :
.

पर्दै छ झरी झम्झम गरी, छरेर निसान
ती गह्राभरि भरिँदा पानी, खुसी छन् किसान
पानीले सारा, मौसमी बनी, चुम्दै छ संसार
बादलु घुम्टो, खोलेर हेर्दा , लागेछ असार।
(१)

बादलु रानी, एकाबिहानै, गर्जेर छाउँदा
जलको धारा, बर्साई सारा, गरा भिजाउँदा
हर्षको ठेला, बोकेर मेला, हिँड्ने भो विचार
बादलु घुम्टो, खोलेर हेर्दा , लागेछ असार।
(२)

रोपेर मानो उब्जाऊ मुरी, भन्दथे पुर्खाले
बुझेर यही विचार सत्य, खोल्दै छ आत्माले
बर्सिँदा झरी नगरभरि, देखियो अपार
बादलु घुम्टो, खोलेर हेर्दा, लागेछ असार।
(३)

हह हे ! माले, हह हे ! तारे, बोलेको सुनेर
खेतको गरा, कुना र काप्चा, जोतेको देखेर
किसानी कला,जमेको देख्दा बजेछ सितार
बादलु घुम्टो ,खोलेर हेर्दा ,लागेछ असार।
(४)

रोपारेसँग ओढेर घुम, मेलामा धाउँदा
धरतीभरि रौनक आयो, सत्कर्म छाउँदा
झझल्को आयो, दहीचिउरा खाएको अचार
बादलु घुम्टो , खोलेर हेर्दा, लागेछ असार।
(५)

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सासू-मुमा

सासू-मुमा

विदुर अधिकारी
वृद्ध जोडी

वृद्ध जोडी

विदुर अधिकारी
वृद्ध जोडी

वृद्ध जोडी

विदुर अधिकारी
सफल वृद्ध बनौँ

सफल वृद्ध बनौँ

विदुर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x