साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनाम

गीतकारको नामको ठाउँमा ‘अनाम’ लेखेका रहेछन्। त्यसपछि अत्तालिँदै फोन नम्बर खोज्न थाल्छिन्।

Nepal Telecom ad

ईगम खालिङ :

एकपल्ट उनले कागजको एक टुक्रा पन्नामा धेरै बेरसम्म केही लेख्ने प्रयास गरिरहिन्। एउटा वितृष्णामा लेखुँ कि नलेखुँ हुँदै भए तापनि अन्त्यमा दश-बाह्र पङ्क्ति लेखिहालिन्—‘कविता’। हो, एउटा छोटो कविता।

त्यसरी लेखेर कतै राखिपठाएकी कविता उनले कति खोज्दा पनि पाउँदै-पाइनन्। त्यो कविता उनको स्मृतिमा पनि छैन। यतिसम्म कि उनलाई त्यस कविताको शीर्षकसमेत थाहा छैन। तर केही हप्तापछि उनले त्यस कविताको शीर्षक आविष्कार गरिपठाइन्।

केही महिनाबाद उनले त्यो कविता पनि कसैको डायरीमा आविष्कार गरिन्। त्यस कविताको मितिबाहेक अरू केही पनि आफ्नो भन्न सक्दिनन्। केही सालपश्च्यात एकदिन उनले एउटा गीत सुन्ने मौका पाइन्। त्यस गीतको मर्म र उनको कविताको मर्म एउटै थियो। उनले त्यस गीतका गीतकारको नाम खोज्न थाल्छिन्। उनको जिज्ञासा र उत्सुक्ता झन्-झन् बढेर जान्छ।

जब उनले त्यस गीतको पूर्ण विवरण पाउँछिन् तब उनी छक्क पर्छिन्—गीतकारको नामको ठाउँमा ‘अनाम’ लेखेका रहेछन्। त्यसपछि अत्तालिँदै फोन नम्बर खोज्न थाल्छिन्।

०००
दार्जीलिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परिधानको भद्र आन्दोलन

परिधानको भद्र आन्दोलन

सञ्जय साह मित्र
भजन मण्डलीको पुनर्गठन

भजन मण्डलीको पुनर्गठन

काशीनाथ मिश्रित
तर्सिङहोम (३)

तर्सिङहोम (३)

कृष्ण प्रधान
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
0
Would love your thoughts, please comment.x
()
x