साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्वागत तालिले गरौँ

मिष्ठवाणि सधैं बोली बगाऊ संस्कृति कुलो । भद्रको झाँको झार्नु छ मानमर्दन हो ठूलो ।। लुटे खाए सबै भ्याए संञ्जाल गालीले भरौं। छिमेकीको सीमा मिच्यौँ स्वागत तालिले गरौं ।

Nepal Telecom ad

रामप्रसाद अर्याल :

अल्गोरिदमको जालो फैलियो जगतै भरी।
बारीको खेती खाएर बढेका मर्कटै सरी ।।
दन्काएर ठुलो ज्वाला दाबानल विनाशको ।
नाचेर ताण्डब नृत्य मनाए मधुमास यो ।। १

आरोप रोपी बारीमा दम्भले विध्वंश बढ्याे ।
दम्भले स्तम्भ नाघेर धुराेमाथ शुराे चढ्याे ।।
पद लालचका भोगी लाेभीका वशमा परे ।
जनता गम खाएर चित खाइ भाेकै मरे ।। २

मानो रोपी मुरी फल्ने आषाढ महिना अरे ।
गुप्त बात छताछुल्ल रनभुल्ल सबै परे ।।
ओद्योगिक गरी क्रान्ति विकासे पथ खन्नु छ।
गमलामा रोपी धान आत्मनिर्भर बन्नु छ ।।३

नयाँ प्रविधिको सार प्रहार मुटमा भयो ।
खरानीको टिकालाई जोगी सदनमा गयो ।।
कुनै छन् गाईका भक्त कुनै छन् मांशभक्षक ।
अल्लारे बुद्धिकाे दम्भ ठुलो देश रक्षक ।।४

मिष्ठवाणि सधैं बोली बगाऊ संस्कृति कुलो ।
भद्रको झाँको झार्नु छ मानमर्दन हो ठूलो ।।
लुटे खाए सबै भ्याए संञ्जाल गालीले भरौं।
छिमेकीको सीमा मिच्यौँ स्वागत तालिले गरौं । ५

०००
पाल्पा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उल्टो बाटो

उल्टो बाटो

रामप्रसाद अर्याल ‘अविराम’
चुपचाप

चुपचाप

रामप्रसाद अर्याल ‘अविराम’
नबास्ने भाले

नबास्ने भाले

रामप्रसाद अर्याल ‘अविराम’
जता मल्कु त्यतै ढल्कु

जता मल्कु त्यतै ढल्कु

रामप्रसाद अर्याल ‘अविराम’
मलाई मनपर्ने दलको दाल

मलाई मनपर्ने दलको दाल

रामप्रसाद अर्याल ‘अविराम’
हस् हजुर ! हुन्छ हजुर !!

हस् हजुर ! हुन्छ...

रामप्रसाद अर्याल ‘अविराम’
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x