साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चुपचाप

हाे याे माैसम चुपचापकाे माैसम हाे । मतदाताले चुपचाप मतदान गरे । कहिँकतै तगडा, झगडा भएन । उनीहरूले उमेदवार चिनेनन्, प्रचारमा हिनेनन् । कसले कसलाई भेाट दिए,त्यो पनि थाहा भएन ।

Nepal Telecom ad

रामप्रसाद अर्याल अविराम :

आफू त “चुपचाप चारआना बाेले आठ आना” भन्ने पुरानो युुगकाे सुका मानाे घ्यू खाएको, अर्काकाे जडाउरी भाेटाे लाएको, मान्छे परियाे । कसले पाे सुन्देला मेरो गुनासो ? भन्ठानेर अचेल चुप लाएर बस्न थालेको छु । फेरि बाेल्नु भनेको आफ्नो आन्द्राभुँडी खाेल्नु पनि त हाे । खसी बाेकाकाे भए बगरेले खाेल्दा हुन् । भित्र्याँस मन नपर्ने काेही हुँदैन । धेरैलाई मन पर्छ । मांसाहारीले मन पराउनु मनासिपै हाे।यहाँ त साकाहारीले समेत के के हाे के के खान्छन् र पाे मार्याे त ।

अर्काकाे पेटभित्र के छ के छैन ? कसरी जान्नु , कसरी भन्नू ? आफ्नो पेटभित्रकाे त थाहा हुँदैन। थाहा भए पनि भन्न हुँदैन । त्यसाे त भन्न नहुने कुरा कति छन् कति ? अलिकति मात्र बाहिर चुहावट भियाे भने बित्यासै पर्छ ।
अहिले हाम्रो समाजको परिवेशमा सहिकुरा बाेल्नु उचित हुँदैन । आफ्नो दृष्टिकोण प्रस्तुत् गर्न पनि विचार पुर्‍याउनु पर्दछ ।इत्तिकन जिभ्राे लर्बरियाे भने गालीकाे झटाराे झ्याम्म आइलाग्दछ। र बाँझाे घरबारी पर्ती भए सरहका हुन्छन्, मानिन्छन् । यदि आफ्नो कुरा कसैले सुन्दैसुन्दैन भने बाेलेकाे के अर्थ ?

धम्कीपूर्ण खान्की त कति हाे कति ! त्यसमा पनि बुढा बा, हजुरबाहरुका अर्तीका कुरा बाँझोखेत प्रसङ्गबस बुढा भएका बाले भन्नुभयो- मैले पर्ती रहेको घर्ती खनाएँ, अनाजिलाे घरबारी बनाएँ । असिना भनिन, पसिना बगाएँ । नयाँघर बनाएँ, जहान पालेँ, स्कुल खाेलेँ, चेतनाको दीपक बालेँ । बिजुली बत्ती ल्याएँ, घडेरी जाेड्न भ्याएँ । केटाकेटी पढाएँ, आफ्नो बैभव बढाएँ ।

युवा लाठे तन्नेरीले झाेक्किदै जवाफ फर्काए- सुबै गर्याेै बुढा बहादुरी । आफ्नो जहन बच्चालाई त चरा मुसाले पनि पालेका हुन्छन् । बत्ती जुनकिरीले पनि बालेका हुन्छन् । महुरीले रस, लाहुरीले गाेरस दिन्छन् । गाैथलीले सानो ठुँडमा माटो ओसारेर सुन्दर गुँड बनाएका हुन्छन्, कमिला-धमिराले माटो ओसारपसार गरेर गाेला अड्याएका, देवल ठड्याएका हुन्छन् भने तिमीले के ठूलो काम गर्याै हँ ? सन्तान धेरै जन्माउनु ठूलो पाैरख गरेको ठानेका छाै ? सन्तान जन्माउन त समयमा विवाह गरिदिएकाे भए मेरो पनि दर्जनभन्दा बढी बालबालिका हुनेथिए ।

यस्तासंँग बाेल्नभन्दा चुपचाप बस्न जाति । रछान चलायाे मुखभरि छिटा भनेको यही हाे भन्दै बुढामाउ एकातिर लागे ।
जाेगी, भाेगी वा याेगीहरु आफ्नो कर्मसाधनामा तल्लीन हुन्छन् । जाेगीहरु माग्न, भाेगीहरु काम बासनामा लाग्न र याेगीहरु तन्त्र, मन्त्र, यन्त्र साधनामा चुपचाप हुन्छन् । वैज्ञानिकहरु हल्ला नगरी अनुसन्धानमा खटेका हुन्छन् । महान दार्शनिक बिष्णुगुप्त चाणक्य भन्दछन्- “यदि सफलता चाहन्छाै भने आफ्नो योजना कसैलाई पनि नबताउ ” । सिद्धार्थ गाैतम छ वर्षसम्म ध्यानमा बसेर ज्ञान प्राप्त गरे । तब त गाैतमबुद्ध बने । माैन बस्नुमा पनि ठुलो रहस्य छिपेकाे हुन्छ । मान्छे त्यसै किन माैन ब्रत बस्थे र ? यो हल्लाखाेरे युगमा ।

युद्धमा चुपचाप बस्नु भनेको शक्ति सञ्चय गर्नु हाे । अबसरकाे पर्खाइमा रहनु हाे । सत्तारुढ हुस्सु शासकले थाहै नपाउनु बेग्लै कुरा हाे ।

नबाेल्ने मान्छेलाई लाटो भन्ने गरिएको हुन्छ तर नबाेल्दैमा ऊ लाटो हुँदैन । ऊ धेरै टाठाे र बाठो हुन सक्दछ । बाेल्नु पर्ने कुरा ऐन माैकामा बाेल्न नसक्ने मानिस भने नादान हाे, साँच्चिकै लाटाे र साेझाे हाे ।

हामीकहाँ धेरै मानिसहरू उपबुज्रुक छन् । उनीहरू आफूलाई सर्वज्ञान, सर्वगुण सम्पन्न छु भन्ने ठान्छन् । र त उनीहरु जहाँ पायो तहीँ, जे मुखमा आयो त्यही बाेल्दछन् । कुरा बनाउने भन्दा बनेकाे काम, कुरा पनि बिगार्नमा याेगदान दिन्छन् । नबेाल्नेले भन्दा धेरै बाेल्नेले कुरा बिगार्ने गर्दछ । त्यसैले चुपचाप भएर बस्नु नै उचित हुन्छ ।

मति हुनेले समयको गति चिन्दछन् र साेही बाटोमा हिन्दछन्। मति नहुनेहरु सिद्धान्तको सती गएर आफ्नो श्रीसम्पतीकाे खती बेहाेर्दछन् ।उनीहरू सिद्धान्तको टेकाे समातेर शब्दको ठेकाेमा बहसको माेही पार्दछन् । दही मथे नाैनी मही मथे के न के । डेढअक्कली विद्वानलाई याे कुराकाे हेक्का नै हुँदैन ।

हिजाे दाहिनेतिरकाे फल खाएका, बायाँतिर लाएकाहरु आज चुपचाप सत्ताछापकाे भाेजभतेरमा रमाइरहेका छन् । यदि लक्ष्यमा पुग्न छ भने चुपचाप कार्यसम्पादन गर्नु पर्दछ । देश ध्वस्त बनाउने याेजना चुपचाप भएको हाे । त्यसैले यसको महत्त्व ठूलो छ । निर्माण गर्न भने हल्लाखाेर, पाेल्न, फ्याक्न, भत्काउन चुपचाप । याे सरल काम हो ।
अहिलेकाे सिजनमा गाउँघरतिर कुखुरा बाख्रा, बेलाउती काँक्रा चाेर्नेहरुले चुपचाप चाेरेका हुन्छन् । माया पिरती जाेड्नेले हल्ला गरेर, सबैलाई भनेर गर्दैनन् ।

सहरबजारतिर कालोलाई सेताे भनेर, आफू पनि सेतै बनेर कालेाधन्धा चलेको चल्यै छ । सरकार जसकाे सुकै आओस् । असार मसान्ततिर कर्मचारीहरुकाे आचार, नीतिगत भ्रष्टाचारमा लिप्त हुन्छ । घरभित्र भकारीकाे धानको र कार्यालयभित्र सरकारी धनकाे क्षति गर्ने मुसाहरु भित्रै हुन्छन् । हाे कहिलेकाहीं बाहिरका पनि छद्मभेषमा चुपचाप छिरेका हुन्छन् ।

“चुपचाप ” भनेको गुपचाप रहनु र राख्नु हाे । समाजमा क‌ैयाैं त्यस्ता केसहरु हुन्छन् जाे गुपचुप रहेका हुन्छन् जासुसीहरुले समेत थाहा नपाएका हुन्छन् । धैरै घरका नाबालिकहरु आफन्तबाटै लुटिएका हुन्छन् । सासू र बुहारीहरु कुटिएका हुन्छन् । श्रीमतीहरु श्रीमानबाट र श्रीमानहरु आफ्नै श्रीमतीबाट पीडित पारिएका हुन्छन् र पनि चुपचाप रहन्छन् , सहन्छन् । घरका मुलीले भन्दछन्- ” घरभित्रकाे कुरा बाहिर लानु हुँदैन ।

तर यहाँ देशभित्रकाे कुरा देशका मुख्य मानिसले थाहा नपाउँदै विदेशीले थाहा पाएका हुन्छन् र पाे फसाद परेको छ ।
स्वास्नीमान्छे लाेग्ने मान्छेबाट अपराधमा परे पनि उजुरीका पाेका बाेकेर अदालत जाँदैनन्, गए घरबार बिग्रिने डर हुन्छ । पाेइ जाेइकाे कुरा अरुलाई भन्दैनन् । यदि भने भनें जाेईटिङ्गे भइन्छ । त्यसैले मैले जस्तै कठिन परिस्थिति आइलागे पनि ” चुपचाप रहनु अन्त नकहनु” भन्ने मूल मन्त्रलाई जप्ने गरेको छु ।”बाेलबाेल मछली मुखभरि पानी” त्यस्सै भनिएको हाेइन ।

फेरि मछली जान्ने भएर बाेल्न वा चारा खान भनेर मुख खाेल्न थाल्यो भने उसको मुखमा बल्छी अड्किन्छ ।
छचल्किने गाग्रोकाे मुखमा पातकाे बुजाे लगाइन्छ । बढी बेल्ने र लेख्ने पत्रकारको गाेजिमा खाम राखिदिएर मुखमा लगाम लगाइन्छ । आयश्राेत कटाइन्छ,गाेलघरकाे शीतल हावा खुवाइन्छ चाेंचे बङ्गुरलाई स्वर्ग देखाउने बेलामा थुतुनेामा डाेरी कसिलाे पारिन्छ।

जघन्य अपराधीहरुले हत्या र बलात्कार गर्दा मुखमा झुम्राे काेंचिदिएका हुन्छन् । भित्री सन्धिसंझाैता, साँठगाँठ रकमको लेनदेन चुपचाप गरिन्छ ।

आमाले बच्चालाई, शिक्षकले विद्यार्थीलाई, कथा वाचकले श्राेतालाई, नेताले कार्यकर्तालाई चुपचापले रहन ह्वीप जारी गर्दछन् । कसैकसैले नबाेलियाेस् भनेर मुखमा टेप टाँस्ने गरेका हुन्छन् । सुन्नेले यदि सुन्दैन भने बाेलेकाे केही अर्थ रहँदैन ।

अहिले घरबार विहीनहरु आफ्नो माग राखेर सडक तताई रहेका छन् । बेरोजगारहरु राेजगारीकाे मागलाई बुलन्द गरिरहेका छन्। सदनमा विपक्षी सभासद्हरु ग्यासकाे अभाव, मलको अभावमा किसानहरुकाे छट्पटी, बाेलिरहेका छन् । राेजगारी सृजना गर , युवालाई विदेश जान राेक भनिरहेका छन् । तर उत्तर दिनेहरु बाेल्दैनन् । बाेले भने मर्म काटेर बेाल्दछन् । गुह्य कुरा खेाल्दछन् । देशकै अस्मिता माथि धावा बाेल्दछन् । बाेल्दैनन्, बाेलेभने पाेल्दछन् । अब त लाज पनि मुख छाेपेर बस्न थाल्यो ।

बेाल्न, लेख्न, प्रश्न गर्न, खान, माग्न,कवि, लेखक, पत्रकार, चुपचाप । विज्ञापनकाे बाटो बन्द, प्रश्न पनि बन्द, आलोचना पनि बन्द । तर मुख थुनेर विचार थुनिएको हुँदैन । भनेपछि के केा पीर ? धेरै अगाडिको कुरा मलाई प्रहरी हवल्दारले भनेको सम्झना छ- “तपाईंलाई बेकारमा थुनिएछ । थुनेर तपाईंको इज्जत बढाइएछ। अपराध के भन्दा जुलुसमा बाेलेकाे ।

हाे हत्यारा, चाेरडाँका, भ्रष्टाचारी, घुस्याहा दलाल, अपराधी भएर जेलमा जाँदा समाजमा गिद्देनी हुन्छ, बेइज्जती हुन्छ, वा हुन्थ्यो भनूँ । त्यो अलि अगाडिको कुरा । अहिले आजको कुरा गर्ने हाे भने जतिसुकै अपराध गरे पनि पार्टीको फुँदाे समाएर वैतरणी तर्न सकिन्छ । चिच्याएर नारा जुलुस गरेपछि जेलमुक्त । अविर, फूलमाला सहित पार्टीमा भब्य स्वागत । त्यसको लागि भने चुपचाप नगदनारायण दिएको हुनुपर्ने सर्त गाेप्य राखिएको हुन्छ ।

अर्कोतिर सुशासनको माग राख्यो , जनताको भलाई हुने कुरा लेख्याे,भ्रष्टाचारको विरोध गर्याे । सुशासन मागेपछि जेलमा लगिन्छ भने पनि जनताले साथ दिने छैनन् । किनभने अहिले जनता बाेल्ने पक्षमा छैनन् । बाेल्याे भने अश्लील शब्दमा गालीकाे वर्षा हुनेछ भनेर जानकारछन् । जानिजानी टाउकोमा तातो भुङ्गाे कस्ले पाे खन्याउँछ र ?

हाे याे माैसम चुपचापकाे माैसम हाे । मतदाताले चुपचाप मतदान गरे । कहिँकतै तगडा, झगडा भएन । उनीहरूले उमेदवार चिनेनन्, प्रचारमा हिनेनन् । कसले कसलाई भेाट दिए, त्यो पनि थाहा भएन ।

पुराना दलका सदस्यता लिएकाले पनि भाेट दिए तर कहाँ ? कसैले कसैलाई भनेनन् । सदस्य संख्या भन्दा मतदानमा पार्टीको मत कम आयो । बाबुले छाेराछाेरी चिनेनन् । छाेराछाेरी बाबुकाे लाइनमा हिनेनन् । एउटै भदेलीकाे भात खाए तर छाप कहाँ लाए ! चुपचाप आफ्नै पनमा रमाए । अल्गाेरिदमकाे तुना समाए । अहिले बल्ल थाहा पाए ! बाटो बिरामी रहेछ ।

पुरानो राेग सल्किसकेको छ । बिरिएछ बाटो । अब नपछुताम, बरु लुक्न जाम । पछुताएर के काम । चुपचाप पुरानो ओडारतिर लुक्न जाम ।
बाेलेकाे थाहा पाए मुखमा पट्टी लाग्ला। याे “चुपचाप ” सरकार हाे ।

०००
पाल्पा
२०८३/ ०४/ ३०

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
स्वागत तालिले गरौँ

स्वागत तालिले गरौँ

रामप्रसाद अर्याल ‘अविराम’
नबास्ने भाले

नबास्ने भाले

रामप्रसाद अर्याल ‘अविराम’
जता मल्कु त्यतै ढल्कु

जता मल्कु त्यतै ढल्कु

रामप्रसाद अर्याल ‘अविराम’
मलाई मनपर्ने दलको दाल

मलाई मनपर्ने दलको दाल

रामप्रसाद अर्याल ‘अविराम’
हस् हजुर ! हुन्छ हजुर !!

हस् हजुर ! हुन्छ...

रामप्रसाद अर्याल ‘अविराम’
भाँजी मार्नु

भाँजी मार्नु

रामप्रसाद अर्याल ‘अविराम’
दुई लघु व्यङ्ग्य

दुई लघु व्यङ्ग्य

हरिशंकर परसाईं
ग्यास

ग्यास

सुरेशकुमार पाण्डे
मुसालाई शिक्षा

मुसालाई शिक्षा

माधव पोखरेल गोज्याङ्ग्रे
जय गणतन्त्र !

जय गणतन्त्र !

धनराज गिरी
पैँतीस वर्ष

पैँतीस वर्ष

हरि खनाल
पानीबढुवा हाकिम र गोल्डेन एज

पानीबढुवा हाकिम र गोल्डेन...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x