साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सासू-मुमा

अरे ! बुहारी किन भड्कियौ भन भनाइमा नै अब गर्छु चिन्तन म छर्छु माया समभाव बेसरी मुमा भने है सुमुखी सधैँभरि ।

Nepal Telecom ad

विदुर अधिकारी :

सुने बुहारी दिलबाट भन्दछु
नठान अर्को समभाव राख्दछु
अपार माया छ यही घरैभरि
नबिर्स, सासू पनि हुन् मुमासरि ।

दिमाग हाम्रो अति नै पुरातन
भएर बिग्र्यो परिवारको मन
डराउँदै छ्यौ भन के भयो यहाँ
नसम्झ सासू किन बन्दिनन् मुमा ?

प्रणाम ! सासू बिचरी भएँ म ता
सुपुत्र तिम्रा पर छन् कता कता
छ नन्दको त्यो कटु बात दुच्छर
यहाँ बुहारीसँग को खुसी छ र ?

फकाउँदै छ्यौ मकनै तिमी किन ?
कहाँ छ सासू समता यहाँ भन ?
भनाइ यौटा छ गराइमा कम
हुँदैन आमासरिको कुनै जन ।

अरे ! बुहारी किन भड्कियौ भन
भनाइमा नै अब गर्छु चिन्तन
म छर्छु माया समभाव बेसरी
मुमा भने है सुमुखी सधैँभरि ।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्ध भए पनि जो जन पूज्य छ

वृद्ध भए पनि जो...

विदुर अधिकारी
लागेछ असार

लागेछ असार

विदुर अधिकारी
वृद्ध जोडी

वृद्ध जोडी

विदुर अधिकारी
वृद्ध जोडी

वृद्ध जोडी

विदुर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x