फित्काैली डटकमहास्यव्यङ्ग्यकार चट्याङ मास्टरकाे ७३ औँ जन्मोत्सव मनाइयाे
कार्यक्रम समाजका उपाध्यक्ष दीनानाथ पोख्रेलको सभापतित्व एवम् प्राडा मुकेश कुमार चालिसेको प्रमुख आतिथ्यमा भएकाे हाे ।

प्रसन्न छन् मुहार यी सुकाव्य पस्कने सँग
उदात्त छन् विचारका मुहान यी रङै रङ
थिए चट्याङ माझमा मुकेश छेउमा बसी
मुसुक्क कल्पना थिइन् दुवै निमित्त तागती ।।
भक्तपुर । महिनाको तेस्रो शनिबार भक्तपुर बुढ्यौली साहित्य समाज र अनुशीलन नेपालको २६ औँ संयुक्त रचनावाचन कार्यक्रम तथा हास्यव्यङ्ग्यकार चट्याङ मास्टरकाे ७३ औँ शुभ जन्मोत्सव साहित्यिक कार्यक्रम सम्पन्न भयाे ।
भक्तपुरको सल्लाघारीस्थित अक्सफोर्ड प्राक्टीकल स्कुलमा सम्पन्न कार्यक्रम समाजका उपाध्यक्ष दीनानाथ पोख्रेलको सभापतित्व एवम् प्राडा मुकेश कुमार चालिसेको प्रमुख आतिथ्यमा भएकाे हाे ।
कार्यक्रममा चट्याङ मास्टर र डा. इन्दुल केसी विशिष्ट अतिथि रहनुभएको थियो भने डा सीता सुवेदी र कल्पना काफ्लेको आतिथ्य रहेको थियो ।

कार्यक्रमको सुरुमा चट्याङ मास्टरलाई अभिनन्दन गरियो । त्यसपछि उहाँलाई बधाई तथा शुभकामना आआफ्ना रचनाद्वारा गर्ने सर्जकज्यूहरूमा क्रमश : विश्वनाथ ढुङ्गेल, वसन्ती भुजेल, जुनू घिमिरे, रामशरण न्यौपाने, गोपालकुमार मैनाली, भावना न्यौपाने, कृष्णप्रसाद पौडेल, ढकाल शिखरनाथ बेलकोटे, लालबहादुर भुजेल, केशव ज्ञवाली आगत, ज्ञानु दाहाल, शीला खरेल, डा. इन्दुल केसी हुनुहुन्थ्याे ।
त्यसैगरी दुर्गा घिमिरे, अनन्तकुमार बस्नेत, धरणीघर गुरागाईं, रचना दाहाल, टीका श्रेष्ठ, प्रमुना पौडेल, कल्पना काफ्ले, कविराज घिमिरे, जीवनाथ अधिकारी, डा. सीता सुवेदीबाट रचना समीक्षासमेत गरिएकाे थियाे ।
चट्याङ मास्टरबाट कृतज्ञता व्यक्त भएव.पछि प्रा.डा. मुकेश चालिसेबाट बुढ्यौलीका विविध विषयमा चर्चा र समाध्यक्षबाट साहित्यको समसामायिक विषयमा चर्चा गर्दै कार्यक्रम अन्त्य गरिएकाे थियो ।
कार्यक्रममा स्वागत रामशरण न्यौपानेबाट र धन्यवाद वसन्ती भुजेल एवम् कार्यक्रमको बारे कविराज घिमिरेद्वारा प्रकाश पारिएको थियो भने सञ्चालन जीवनाथ अधिकारीले गर्बानु भएकाे थियाे ।
०००
कविराज घिमिरेकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest







































