फित्काैली डटकमअनुपम सिर्जना प्रतिष्ठानको १५५ औँ कविगोष्ठी
प्रविधिमैत्री रहेकाे कार्यक्रमकाे प्रमुख आमन्त्रित कवि गोविन्दप्रसाद घिमिरे वेदमणि हुनुहुन्थ्याे भने विशिष्ठ अतिथि गणेश आत्रेय र डा. बमबहादुर थापा जिताली हुनुहुन्थ्याे ।

काठमाडाैं अनुपम सिर्जना प्रतिष्ठान नेपाल कलङ्कीको १५५ औँ नियमित कविगोष्ठी संस्थाका अध्यक्ष भुवनहरि सिग्देलको अध्यक्षतामा सम्पन्न भयाे ।
प्रविधिमैत्री रहेकाे कार्यक्रमकाे प्रमुख आमन्त्रित कवि गोविन्दप्रसाद घिमिरे वेदमणि हुनुहुन्थ्याे भने विशिष्ठ अतिथि गणेश आत्रेय र डा. बमबहादुर थापा जिताली हुनुहुन्थ्याे ।
उपत्याकाको पश्चिम भेकमा रहेको साहित्यिक संस्थाको कविगोष्ठीमा छन्द, स्वछन्द, कविता, मुक्तक, सुसेली रोचक ढङ्गबाट कविहरूले प्रस्तुत गरे । देश भक्ति भावले भरिएका, जनचेतना मूलक तथा सामाजिक विकृति बिरुद्ध प्रहार गरिएका रचना वाचन गरेका थिए ।
यस गरिमामय गोष्ठीमा भुवनहरि सिग्देल, गोविन्दप्रसाद घिमिरे वेदमणि, पुरुषोत्तम सिग्देल,गणेश आत्रेय, डा.बमबहादुर थापा जिताली, विन्दु दाहाल, गङ्गा भण्डारी, उत्तम भेटुवाल, गङ्गा लिगल, जगदीश्वर पोखरेल, लक्ष्मीप्रसाद मिश्र, सुधा बाँस्कोटा ढकाल, बालकृष्ण सुवेदी, बिनुबाबा घिमिरे भण्डारी र दुर्गा रिमाल अधिकारी, हुनुहुन्थ्यो ।
प्रमुख आमन्त्रित गोविन्दप्रसाद घिमिरे वेदमणि अनुपम सिर्जना प्रतिष्ठानले अनुपम सिर्जना प्रतिष्ठान नेपालले नियमित रूपमा कविगोष्ठी गरी छन्दको उन्नयनमा योगदान गरेको छ भन्नुभयो । स्थापित र नवोदित सर्जकलाई आफ्ना रचना प्रस्तुत गर्ने, सिक्ने सिकाउने अवसर प्रदान गरेको छ भन्नु भयो । सर्जक नबाँचे पनि कविता बाँच्नुपर्छ भन्नु भयो । उहाँले वाचित कवितहरूको सुललित किसिमले समीक्षा गर्नु भएको थियो ।
उपाध्यक्ष जगदीश्वर पोखरेलले स्वागत मन्तव्यका क्रममा १५५ शृङ्खलमा प्रवेश गरेको छ भन्दै संस्थाको गततिविधिका वारेमा संक्षित्त जानकारी दिनु भयो ।
सर्जकहरूकै माया सद्भावले संस्था जीवन्त रहेको छ । यो सबैको साझा चौतारी हो भन्नु भयो । सर्जकले सदा सर्वदा स्नेह गरिरहनु हुनेछ भन्दै स्वागत गर्नु भएको थियो ।
यस अवसरमा सभाध्यक्ष भुवनहरि सिग्देलले अभ्यास गर्दा कविता रचना गर्दा सजिलो हुन्छ । प्रयास गरे सफल हुन सकिन्छ भन्नु भयो । संस्थाको अनुरोधलाई स्वीकार गरेर सहभागी भएर कविगोष्ठी सफल बनाई दिनु हुने सम्पूर्ण सर्जकलाई धन्यवाद दिँदै समारोह समाप्त भएको घोषणा गर्नु भएको थियो ।
कार्यक्रम संस्थाकी महासचिव सुधा बाँस्कोटा ढकालले संयोजन गर्नु भएको थियो ।
०००
जगदीश्वर पाेखरेलकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest






































