साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सफल वृद्ध बनौँ

समय आउछ जान्छ सधैँभर समयको उपयोग गरौँ तर नहुन सक्छ भलो परलोकमा सफल वृद्ध बनौँ यस लोकमा ।

Nepal Telecom ad

विदुर अधिकारी :

अधिक कान्ति भरौँ अनुहारमा
मधुर शान्ति छरौँ घरबारमा
कलुष कत्ति नहोस् व्यवहारमा
असल वृद्ध बनौँ परिवारमा

वचन मिष्ट रहोस् जनमाझमा
सकसयुक्त नहोस् अवधारणा
मननयोग्य रहोस् प्रिय जीवनी
असल वृद्ध बनौँ जगमा गुणी

हृदय दुख्छ यहाँ नगरौँ छल
प्रणय हुन्न जहाँ नगरौँ बल
छ परिवार भने बुझ हो धन
असल वृद्ध बनौँ धरी सद्मन

सहज हट्छ भने कटुता घना
प्रणय साथ गरौँ मृदु साधना
पछि सरी नबसौँ सब वृद्ध हो
नव निसान छरौँ अब वृद्ध हो

समय आउछ जान्छ सधैँभर
समयको उपयोग गरौँ तर
नहुन सक्छ भलो परलोकमा
सफल वृद्ध बनौँ यस लोकमा ।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सासू-मुमा

सासू-मुमा

विदुर अधिकारी
वृद्ध जोडी

वृद्ध जोडी

विदुर अधिकारी
वृद्ध जोडी

वृद्ध जोडी

विदुर अधिकारी
आमा

आमा

विदुर अधिकारी
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

इन्दिरा प्रयास
हाम्रो बचाओैँ अस्मिता

हाम्रो बचाओैँ अस्मिता

कल्पना अधिकारी
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
0
Would love your thoughts, please comment.x
()
x