साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्यौली खुट्टाबाट सुरु हुन्छ

खुट्टा नै शरीरको गति–केन्द्र । मानिसको ५०% नशा, ५०% रगतका नलीहरू र ५०% रगत यही खुट्टाबाट आवत–जावत गर्छ। यिनै सबैले शरीरको प्रमुख संचार प्रणाली बनाउँछन्। खुट्टा स्वस्थ छ भने रगतको प्रवाह राम्रो चल्छ।

Nepal Telecom ad

देवीलाल पाण्डे :

आज मैले माथिकाे वाक्यसँग मेल खाने एकदमै बुझिने खालको रोचक लेख पढें। म पनि दैनिक ८०–९० मिनेट हिँड्छु, जसले मेरो ब्लड सुगर नियन्त्रणमा राख्न मद्दत गर्छ। हिँड्नु भनेको वरिष्ठ नागरिकका लागि उत्तम व्यायाम हो। यो लेखले हिँडाइका फाइदाहरू राम्ररी व्याख्या गर्छ। तपाईंलाई पनि यो मन पर्ला भन्ने लागेको छ।

बुढ्यौली खुट्टाबाट सुरु भएर माथि सर्‍यो ! त्यसैले, खुट्टा सधैँ सक्रिय र बलियो राख्नुहोस् !! जति उमेर बढ्दै जान्छ, त्यति नै खुट्टालाई सक्रिय र सबल राख्नु अत्यन्त आवश्यक हुन्छ।

हामी बुढो हुँदै जाँदाको छाला, रौँ फिका हुँदै जानु, छालामा चाउरी पर्नु— यी कुराहरू डराउनुपर्ने होइनन्। तर शरीरको दीर्घायुका संकेतहरूमा, अमेरिकी पत्रिका Prevention अनुसार, सबैभन्दा पहिलो र महत्वपूर्ण कुरा बलियो खुट्टा मानिन्छ।

२ हप्ता खुट्टा नचलाउँदा १० वर्ष बुढो जस्तै हुन्छ । डेन्मार्कको कोपनहेगन विश्वविद्यालयमा गरिएको अध्ययन अनुसार—
उमेर जे भए पनि, २ हप्ता मात्र नचल्दा खुट्टाको शक्ति ३०–३५% ले घट्न सक्छ, जुन २०–३० वर्ष बुढियेको जस्तै हो।
एकपटक खुट्टाको शक्ति घटेपछि, पुनः व्यायाम गर्दा पनि पुरानै क्षमतामा फर्किन धेरै समय लाग्छ। त्यसैले नियमित हिँडाइ अत्यन्तै आवश्यक हुन्छ।

खुट्टा शरीरको मुख्य बलस्तम्भ हाे । मानिसको पुरै शरीरको तौल खुट्टामा टेकेको हुन्छ। खुट्टा नै शरीरका सबैभन्दा बलिया हड्डी, ठूला मांसपेशी र सबभन्दा शक्तिशाली जोर्नी भएका अङ्ग हुन्। मान्छेको ५०% हड्डी र ५०% मांसपेशी दुबै खुट्टामा हुन्छन्।

“इर्न ट्रायाङ्गल”— बलिया हड्डी, मजबुत मांसपेशी र लचिलो जोर्नी—यही त्रिकोण मानव शरीरको सम्पूर्ण भार बोक्ने आधार हो।
७०% शरीरको गतिविधि र क्यालोरी बर्निङ दुबै खुट्टाबाटै हुन्छ। युवावस्थामा मानिसका थाइ मांसपेशीको शक्ति ८०० किलो तौल बराबर उठाउन सकिने क्षमतासहित अत्यन्त बलिया हुन्छन्।

खुट्टा नै शरीरको गति–केन्द्र । मानिसको ५०% नशा, ५०% रगतका नलीहरू र ५०% रगत यही खुट्टाबाट आवत–जावत गर्छ।
यिनै सबैले शरीरको प्रमुख संचार प्रणाली बनाउँछन्। खुट्टा स्वस्थ छ भने रगतको प्रवाह राम्रो चल्छ। खुट्टा सबल हुनेहरूका हृदय पनि प्रायः स्वस्थ र बलिया हुन्छन्।

बुढ्यौली तलबाट सुरु हुन्छ — खुट्टाबाट ! उमेर बढ्दै जाँदा खुट्टा र मस्तिष्कबीचका सन्देश आदान–प्रदानको गति सुस्त हुँदै जान्छ।
क्याल्सियम कम हुँदै जान्छ। हड्डीका fracture थप जोखिमपूर्ण बन्छन्। विशेष गरी थाइ बोन भाँचिएको १५% वृद्ध बिरामीको मृत्यु एक वर्षभित्र हुन सक्ने तथ्य अत्यन्त गम्भीर छ।

तर सुखद कुरा — व्यायाम सुरु गर्न कहिल्यै ढिलै हुँदैन । ६० वर्षपछि पनि नियमित रूपमा खुट्टाको व्यायाम गरे आश्चर्यजनक सुधार देखिन्छ। खुट्टा समयसँगै बुढिँदै जान्छन्, तर हामीले खुट्टालाई व्यायाम दिने काम जीवनभरको कर्तव्य बनाउनु पर्छ। बुढ्यौली रोक्नु वा ढिल्याउनु छ भने—पहिले खुट्टालाई बलियो बनाउनुहोस्।

दैनिक ३०–४० मिनेट अनिवार्य रूपमा हिँड्नुहोस् । र सकेसम्म ५ किमि रोज हिँड्नुहोस्। यही तपाईंको खुट्टा, हड्डी, हृदय, मस्तिष्क र सम्पूर्ण स्वास्थ्यको सुरक्षा कवच हो।

यदि सहमत हुनुहुन्छ भने यो महत्त्वपूर्ण जानकारी आफ्ना नातेदार, साथीभाइ तथा परिवारमा अवश्य साझा गर्नुहोस्।
किनकि हामी सबै हरेक दिन बुढिँदै छौँ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
कथुरी

कथुरी

आर.सी. रिजाल
दृष्टि

दृष्टि

श्रीप्रसाद पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x