साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झरना मकवानपुरको वार्षिकाेत्सवमा स्रष्टाहरू पुरस्कृत हुने 

झरना साहित्यिक परिवारकी अध्यक्ष गायत्री रुपाखेतीको सभाध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा झरनाका संस्थापक अध्यक्ष रमेशमोहन अधिकारी तथा संरक्षक सल्लाहकारलगायतकाे उपस्थिति थियाे ।

Nepal Telecom ad

हेटाैंडा, २०८२ माघ १७ । झरना साहित्यिक परिवार मकवानपुरको ३२३ औं साहित्य शृङ्खला एवम् ३३ औं वार्षिक उत्सवका अवसरमा आयोजना हुने सातौँ बकैया-कला साहित्य महोत्सव-२०८२ को पूर्वसन्ध्यामा  हेटौडामा पत्रकार सम्मेलन कार्यक्रम आयोजना गरेको छ ।

झरना साहित्यिक परिवारकी अध्यक्ष गायत्री रुपाखेतीको सभाध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा झरनाका संस्थापक अध्यक्ष रमेशमोहन अधिकारी तथा संरक्षक सल्लाहकार पूर्व तथा वर्तमान कार्यसमितिका पदाधिकारी , नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष वालकृष्ण अधिकारी झरनाका सम्मानित पत्रकार रामकुमार एलन तथा विभिन्न सञ्चार माध्यमका सञ्चारकर्मी सहित २० जना भन्दा बढी उपस्थित रहेका थिए ।

उक्त कार्यक्रममा झरना साहित्यिक परिवार मकवानपुरको आयोजनामा २०८२ फागुन ५ र ६ गते महेन्द्र मावि, बकैया -४ मकवानपुरमा सम्पन्न हुने विशेष कार्यक्रममा सम्मान तथा पुरस्कार समर्पण, चित्रकला प्रदर्शनी,पत्रिका विमोचन, विभिन्न जातजातिका नृत्यहरू, बकैयाको काव्य महक, समकालीन गजल मुक्तक उत्सव, पालिका अध्यक्षलाई ७ प्रश्न, समकालीन काव्य उत्सव, सम्मानित स्रष्टाको रचना वाचन, नवसर्जक रचना वाचन लगायतका विविध कार्यक्रम बकैया गाउँपालिकाको प्रायोजनमा सुसम्पन्न हुने जनाइएको छ ।

झरना साहित्यिक परिवार मकवानपुरले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि समर्पण गरिने विभिन्न सम्मान मध्ये नेपाली साहित्यमा योगदान गरेबापत प्रदान गरिने नगद रू. २१ हजार १ सय २१ राशि सहितको होमनाथ–टीकामाया प्रतिभा सम्मान–२०८२ बाट पाँचथरका रमेश शुभेच्छुकलाइ प्रदान गरिने भएकाे छ ।

त्यसै गरी मुक्तकमा योगदान गरेवापत प्रदान गरिने नगद रू १५ हजार ५ सय ५५ राशि सहितको शिव–सावित्री अधिकारी स्मृति मुक्तक सम्मान–२०८२ बाट रुकुम पश्चिमका कर्णबहादुर खत्री, जिल्लामा साहित्यिक संस्था स्थापना र जगेर्ना गर्न योगदान गरेबापत प्रदान गरिने नगद रू १५ हजार ५ सय ५५ राशिसहितको बाबुलाल–भोजमाया स्मृति साहित्य सम्मान–२०८२ बाट मकवानपुरका डा. निमेष निखिललाइ, युवा साहित्यकारलाई प्रदान गर्ने नगद रू. ८ हजार ५ सय राशि सहितको खडानन्द–मनमाया प्रतिभा सम्मान–२०८२ बाट नेपालगञ्जकी ऋचा लुइटेललाइ , नगद रू. ७ हजार ७ सय ७७ राशिसहितको सुशीला दङ्गाल स्मृति सिर्जनशील नारी सम्मान–२०८२ बाट मकवानपुरकी संगीता थापालाइ प्रदान गरिने छ ।

नगद रु. ७ हजार ७ सय ७७ सहितको सञ्जीवन-बुटी साहित्य सम्मान–२०८२ बाट मकवानपुरका डा. अर्पण पराजुली, नगद रु. ११ हजार १ सय ११ सहितको गोकर्ण गौतम स्मृति पत्रकारिता सम्मान–२०८२ बाट मकवानपुरका दीपक अधिकारी, बकैयाका नवप्रतिभाको सम्मान गर्ने हेतुले स्थापित ५ हजार ५ सय ५५ रुपैयाँ राशीको झरना–बकैया नवप्रतिभा पुरस्कार–२०८२ बाट बकैया ३ स्थित बुद्धमावि हात्तीसुढेकी मोनिका नेगी, नगद ७ हजार ७ सय ७७ सहित खिमबहादुर खत्री स्मृति कलाकारिता सम्मान–२०८२ बाट मकवानपुरका सूर्य सन्यासी , नगद रु. ९ हजार नौ राशिसहित ऋषेश्वर–रुक्मिणी–लक्ष्मीदेवि खनाल साहित्य सम्मान–२०८२ बाट भैरहवाकी सिर्जना खनाललाइ दिने छ ।

यसै वर्षबाट स्थापना भएको लोक गीतसंगीतमा सेवा गरेबापत स्थापित नगद रु. ११,१११/- राशि सहितको ‘कुलकुमारी झलकनाथ लोक साहित्य सम्मान-२०८२’ बाट साहित्यकार एवं लोकगायक बझाङका नन्दकृष्ण जोशीलाई समर्पण गर्ने जानकारी गराइएको छ ।

०००
निलहरि ढुङ्गेलकाे साैजन्यमा

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
रमेशमोहन अधिकारी
रमेशमोहन अधिकारी
3 months ago

हार्दिक धन्यवाद फित्कौली !

Nepal Telecom ad
1
0
Would love your thoughts, please comment.x
()
x