साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चटकेलाई ठुलो कुर्सी

चटकेलाई ठुलो कुर्सी दिँदा आगो लगायो महोदय ठिक ठाउँमा ठिक मान्छे खटाउनुस् एउटा तानाशाह अब फेरि टाउको नउठाओस् अहङ्कारीको आँगनमै गएर धुलो चटाउनुस् ।

Nepal Telecom ad

सुदन लुइटेल :

मान्छे चिन्न मिल्दो पावरको चश्मा लगाउनुस्
ज्यानमारा चिनेमा मज्जाले छातिमा बजाउनुस्

समय बदल्न घडीको सुइ बदल्ने होइन
काम गर्नेलाई छान्नुस् नगर्नेलाई हटाउनुस्

मालिकको गुलाम बनेर कति दौडिनु हुन्छ
श्रमिक किसान मजदुर बनेर जुत्ता फटाउनुस्

चटकेलाई ठुलो कुर्सी दिँदा आगो लगायो
महोदय ठिक ठाउँमा ठिक मान्छे खटाउनुस्

एउटा तानाशाह अब फेरि टाउको नउठाओस्
अहङ्कारीको आँगनमै गएर धुलो चटाउनुस् ।

०००
तिनथाना, काठमाडाैं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Shanker Acharya
Shanker Acharya
4 months ago

good

Nepal Telecom ad
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
बहुलाउन थालेको रहेछु

बहुलाउन थालेको रहेछु

आत्माराम न्यौपाने
1
0
Would love your thoughts, please comment.x
()
x